• Wed. Jul 30th, 2025

झापाली उद्योगीद्वारा प्रधानमन्त्री दाहालसमक्ष भेट /चिया निकासीको अवरोध हटाउन भारतसँग कुरा गर्ने प्रधानमन्त्रीको आश्वासन

BySaptahik Samachar

२८ चैत्र २०७९, मंगलवार २३:१३ २८ चैत्र २०७९, मंगलवार २३:१३ २८ चैत्र २०७९, मंगलवार २३:१३

झापा, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली चियाको गुणस्तरलाई लिएर भारत सरकारले लगाउने निकासी अवरोधहरु हटाउन पहल गर्ने बताउनुभएको छ। नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय रहे पनि भारतीय पक्षले पुर्‍याउने अवरोधले चिया निकासीमा समस्या आउनुका साथै विदेशी मुद्राको स्रोत गुम्ने हुनाले उद्योगी व्यवसायीले प्रधानमन्त्री दाहालसमक्ष बुधबार ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले चिया निकासीका अवरोध हटाउन भारत सरकारसंग कुरा गर्ने बताउनुभयो।

त्यस अवसरमा उद्योगी व्यवसायीले भारत गलगलियाको कस्टम अफिसको स्तरीकरणका लागि पनि भारतीय पक्षसँग वार्ता गर्न सुझाएका थिए। छ दशक लामो प्रयासपछि भद्रपुरमा मेची पुल बने पनि भारतीय क्षेत्रको कस्टम अफिस ग वर्गको हुँदा सो नाका भएर मालसामान आयात निर्यात नभएकोले निर्माण भएको मेची पुलबाट अपेक्षित लाभ लिन नसकिएको प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले जनाउनुभयो।

श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न वालुवाटार गएको प्रतिनिधि मण्डलले भारत भ्रमणका क्रममा कस्टम अफिसको स्तरीकरण र चिया निकासी समस्याका वारेमा प्रधानमन्त्री मोक्ष ज्ञापन बुझाएको थियो। प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठ सहित उद्योग संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता, महासचिव प्रदिपमणी रेग्मी, सदस्य विनय गोयल र नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तल हुनुहुन्थ्यो।
निकट भविष्यमै भारत जान लागेका प्रधानमन्त्री दाहालले चिया निकासीमा भारतीय पक्षले लगाउने अवरोध हटाउन जीटुजी पहल गर्ने आश्वासन दिएको उद्योग संघका महासचिव रेग्मीले बताउनुभयो।
झापाको काँकरभिट्टामा केही दिन अघि भएको ‘ नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवर्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा पनि नेपाली चिया व्यवसायीहरुले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएका थिए।
त्यसवेला, नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरुको सप्रमाण खण्डन गर्दै निर्यात प्रवर्धनका अवरोधहरु हटाउन भारतीय सरोकारवाला पक्षसँग छलफल गर्न व्यवसायीले माँग गरेका थिए ।कोलकाता स्थित महावाणिज्य दूताबास र नेपाल चिया उत्पादक संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली व्यवसायीहरुले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्य दूत ईश्वरीराज पौडेलले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
चिया उत्पादक तथा व्यवसायीहरुले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जीटुजी तहबाट छलफल गर्न आवश्यक रहेको सुझाव व्यक्त गरेका थिए । 
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चिया बारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताउनुभयो ।
“नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ, यसलाई रोकिनु पर्छ,” उहाँले भन्नुभयो–“अर्कोतिर नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकोमा हामी चिन्तित भएका छौं ।”
भारतले नेपालको चियामा ४० प्रतिशत भन्सार कर लगाएमा नेपाली चिया महँंगिएर भारतमा नबिक्ने र प्रतिष्पर्धामा टिक्न नसक्ने उहाँको भनाई थियो । अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जीटुजी छलफल चलाउनु पर्ने उहाँले सुझाव राख्नुभयो ।
चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीहरुले कोलकातामा नमुना पुर्याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताउनुभयो । नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनु पर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनु पर्ने उहाँको धारणा थियो ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानूनी व्यवस्था लागू गराउन लागिपरेको जनाउँदै नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताउनुभयो ।
भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी हुने जोखिम औंल्याउँदै उहाँले यसमा आश्रित लाखौं मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चेतावनी दिनुभयो । भारतमा नेपाली चियाका बारेमा भइरहेका नकारात्मक प्रचार र भ्रमलाई चिर्न कोलकतामै कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उहाँले बताउनुभयो । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उहाँको भनाई थियो ।

64 thoughts on “झापाली उद्योगीद्वारा प्रधानमन्त्री दाहालसमक्ष भेट /चिया निकासीको अवरोध हटाउन भारतसँग कुरा गर्ने प्रधानमन्त्रीको आश्वासन”
  1. ¡Saludos, exploradores de emociones !
    casinos extranjeros con juegos en vivo de calidad – п»їhttps://casinosextranjero.es/ п»їcasinos online extranjeros
    ¡Que vivas increíbles jugadas excepcionales !

  2. ¡Saludos, amantes de la emoción !
    casinos fuera de EspaГ±a con plataforma estable – п»їhttps://casinosonlinefueraespanol.xyz/ casinosonlinefueraespanol.xyz
    ¡Que disfrutes de tiradas afortunadas !

  3. ¡Saludos, fanáticos de los desafíos !
    Casino online sin licencia sin documentaciГіn – п»їemausong.es emausong.es
    ¡Que disfrutes de increíbles recompensas únicas !

  4. Greetings, thrill-seekers of comic gold !
    Get inspired with the latest joke of the day for adults from your favorite site. A little laughter each day keeps the gloom away. Make it a habit.
    dad jokes for adults is always a reliable source of laughter in every situation. adult joke They lighten even the dullest conversations. You’ll be glad you remembered it.
    weekend laughs from jokesforadults to Save – п»їhttps://adultjokesclean.guru/ one liner jokes for adults
    May you enjoy incredible brilliant burns !

  5. ¿Saludos clientes del casino
    Los casinos europeos mГЎs modernos integran tecnologГ­a Web3 para trazabilidad de fondos y resultados de juego. Esto eleva la transparencia a un nuevo nivel. casinos europeos La confianza crece con cada innovaciГіn.
    Puedes participar en misiones y retos semanales en muchos casinos europeos online, ganando recompensas adicionales. Esta dinГЎmica convierte el juego en una aventura continua. Los casinos europeos saben cГіmo motivar.
    Casino Europa sin comisiones en retiros bancarios – http://casinosonlineeuropeos.guru/
    ¡Que disfrutes de grandes recompensas !

  6. ¿Hola competidores del azar?
    En muchas casas de apuestas internacionales, las solicitudes de retiro se procesan en menos de 24 horas.casas de apuestas fuera de espaГ±aEso contrasta con las demoras tГ­picas en operadores regulados locales.
    Casas de apuestas fuera de España integran “modo zen” para jugar sin notificaciones, luces ni sonidos. Es ideal para quienes buscan concentración plena. Y ayuda a reducir la fatiga digital.
    Casas apuestas extranjeras con atenciГіn al cliente en espaГ±ol – https://casasdeapuestasfueradeespana.guru/#
    ¡Que disfrutes de enormes logros !

Leave a Reply

Your email address will not be published. Required fields are marked *