• Sun. Jun 1st, 2025

जेसीज सप्ताहमा भद्रपुरमा 41 पिन्ट रगत सङ्कलन

BySaptahik Samachar

१० मंसिर २०७८, शुक्रबार १८:१८ १० मंसिर २०७८, शुक्रबार १८:१८ १० मंसिर २०७८, शुक्रबार १८:१८

भद्रपुर 10 मंसिर / भद्रपुर जेसीजको आयोजनामा आज चन्द्रगढीस्थित लेखनाथ चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। जेसीज सप्ताहको दोस्रो दिन भएको रक्तदान कार्यक्रममा 6 महिला सहित 41जनाबाट एक/ एक पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक तथा भद्रपुर जेसीजका कोषाध्यक्ष युवराज न्याैपानेले जानकारी दिनुभयो।
भद्रपुर जेसीजको आयोजना तथा प्रभु कृपा फार्मेसी एण्ड क्लिनिकको आर्थिक सहयोग र भद्रपुर नगरपालिका, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान आयोजक मूल समारोह समिति एवं प्रथम बहुद्देश्यीय सहकारी संस्था लमिटेडको सहकार्यमा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सपना खड्काबाट पहिलो रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।
भद्रपुर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी खिलनाथ’निकास ‘पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी लगायत रहनु भएको जेसीज सप्ताह कार्यक्रमका संयोजक रमेश कार्कीले जानकारी दिनुभयो।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सहजीकरणमा भएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र तथा टिसर्ट समेत उपलब्ध गराइएको थियो भने कार्यक्रम संचालन भद्रपुर जेसीजका महासचिव मनोज भट्टराईले गर्नुभएको थियो ।

47 thoughts on “जेसीज सप्ताहमा भद्रपुरमा 41 पिन्ट रगत सङ्कलन”
  1. Недвижимость в Болгарии у моря https://byalahome.ru квартиры, дома, апартаменты в курортных городах. Продажа от застройщиков и собственников. Юридическое сопровождение, помощь в оформлении ВНЖ, консультации по инвестициям.

Leave a Reply

Your email address will not be published. Required fields are marked *