• Tue. Sep 17th, 2024

जेसीज पूर्व अध्यक्ष समाजको पाँचौ साधारण सभा सम्पन्न

BySaptahik Samachar

१५ भाद्र २०८१, शनिबार २१:४४ १५ भाद्र २०८१, शनिबार २१:४४ १५ भाद्र २०८१, शनिबार २१:४४

अध्यक्षमा पोखरेलसहित कार्यसमिति निर्विरोध निर्वाचित

भद्रपुर १५,भदौ / जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा भद्रपुर जेसीजका पूर्व अध्यक्ष तथा लेखापढी कानुन व्यवसायी रमेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
   शनिबार सम्पन्न ५ औं बार्षिक साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्ष- पोख्रेल सहित १५ सदस्यीय समिति सर्वसम्मत गठन गरेको हो। समितिको उपाध्यक्षमा बिष्णु प्रसाद रिमाल (चारआली जेसीज ), महासचिवमा ऋषिराम तिम्सिना (धुलाबारी जेसीज) , सचिवमा प्रकाश भण्डारी (बुधबारे जेसीज) र कोषाध्यक्षमा राधा सुब्बा बीरता (लेडी जेसीज ) रहनु भएको छ।

त्यस्तै,समितिको सदस्यहरूमा नरेन्द्र बराल (दमक) , कमल कट्टेल (सुरुङ्गा) ,कुमारसिंह साॅवा (सतासीधाम) , याम खड्का (वीरता ) , उज्ज्वल श्रेष्ठ (भद्रपुर) , केशव पोखरेल (धुलाबारी), उषा श्रेष्ठ (मेचीनगर लेडी जेसीज ) , पुष्कर ढकाल (बाहुनडाँगी) , विगम श्रेष्ठ (बाह्रदशी) , छत्रपति न्यौपाने (कमल) र खगेन्द्र पाण्डे (कचनकवल) निर्वाचित हुनुभएकाे छ । 

3 thoughts on “जेसीज पूर्व अध्यक्ष समाजको पाँचौ साधारण सभा सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *