• Wed. Feb 18th, 2026

जापानबाट अष्ट्राजेनेकाको खोप आउँदै, पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दिइने

BySaptahik Samachar

२० श्रावण २०७८, बुधबार २०:४६ २० श्रावण २०७८, बुधबार २०:४६ २० श्रावण २०७८, बुधबार २०:४६

राजधानी समाचारदाता – – – – –

जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप यसै हप्ता काठमाडौं आइपुग्ने भएको छ।
काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।
जापानबाट भोलि बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमश: शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।
जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाख केही पछि आइपुग्ने राजदूतावासले जनाएको छ।
भारतबाट आएको कोभिसिल्डको पहिलो डोज लगाएर बसेका लगभग साढे १३ लाख जेष्ठ नागरिकलाई सो खोप दिने सरकारले बताएको छ। अष्ट्राजेनेका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको हुँदा त्यसको विकल्पमा यो खोप दिने सरकारी तयारी छ।

11 thoughts on “जापानबाट अष्ट्राजेनेकाको खोप आउँदै, पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दिइने”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *