
भद्रपुर ८, कार्तिक / छठ पर्वको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले छठ पूजाका व्रतालुहरूलाई साडी वितरण गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले प्रत्येक वर्ष झैँ यस वर्ष आठ नम्बर वडा अन्तर्गतका व्रतालु महिलाहरूलाई साडी वितरण गरेको हो।
भद्रपुर नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्य र सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शिला श्रेष्ठ खड्काको अध्यक्षतामा वडा नं ८ को कार्यालयमा छठको पहिलो दिन ‘नहाय खाय’ अर्थात् खोला गएर नुहाएर फर्किएका व्रतालुहरूलाई साडी वितरण गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष सुब्बाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने वरिष्ठ सदस्य अजय साहेवालाले शब्दद्वारा स्वागत गर्नुभएको थियो। सामुदायिक प्रहरी सेवा केन्द्रले छठ पूजा स्थल मेचीखोलामा चिया पानीको समेत व्यवस्था गर्ने गरेको छ।

यसैगरी, आजै बिहान शान्तिदेवी प्राकृतिक चिकित्सालय, जीवन विज्ञान प्रयोगशाला भद्रपुर ५ को आयोजनामा छठका व्रतालुहरूलाई साडी वितरण गरिएको थियो। हर हर महादेवको छद्म नामबाट प्रत्येक वर्ष साडी वितरण गर्दै आएको सो अवसरमा व्रतालुहरूलाई नायक चियाको प्याकेट समेत उपलब्ध गराइएको थियो। व्रतालुहरूलाई ५ सय थान सुती साडी वितरण गरिएको ब्रह्मदेव अग्रवालले जानकारी दिनुभयो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल, नेकपा माओवादीका क्षेत्रीय संयोजक डिल्लीराम घिमिरे हिक्मत, नेकपा एमालेका शिवकुमार भण्डारी लगायतको सहभागिता थियो।

ABCVIP thương hiệu lừa đảo, nạp mà k rút được thì dẹp cho rồi