• Sat. Apr 19th, 2025

चुडामणि शर्मा सहित ३जना विरुद्ध मुद्दा दायर

BySaptahik Samachar

९ असार २०७८, बुधबार १९:२५ ९ असार २०७८, बुधबार १९:२५ ९ असार २०७८, बुधबार १९:२५

भद्रपुर – ९,असार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौँमा बुधबार मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभएको छ।

उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारले जनाएको छ ।

12 thoughts on “चुडामणि शर्मा सहित ३जना विरुद्ध मुद्दा दायर”
  1. На сайте pinco можно найти всё для ставок и казино. В казино пинко легко ориентироваться даже новичку. Попробовал pinco и теперь не играю больше нигде. Pinco работает даже при ограничении доступа — всегда в обход. Pinco входит в топ-5 онлайн казино Казахстана. Pinco — надёжный партнёр в мире онлайн-гейминга. Pinco предлагает честные условия игры и прозрачные правила. Служба поддержки pinco отвечает быстро и по делу. Казино пинко предлагает RTP выше среднего pinco-kyrgyzstan yandexcloud.

Leave a Reply

Your email address will not be published. Required fields are marked *