भद्रपुर १३, माघ / भारतको ७६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघ झापाले जाडोमा ओढ्ने न्यानो सिरक वितरण गरेको छ। २६ जनवरी अर्थात् आज माघ १३ गते भद्रपुर नगर पालिकाको हलमा एकल महिला,गरिव,विपन्न तथा जेष्ठ नागरिक चयन गरी फाइवर सिरक वितरण गरिएको हो।
भद्रपुर नगर पालिकाका १० वटा वडाबाट ३/३ जना त्यस्ता परिवारका सदस्य छनोट गरी सिरक वितरण गरिएको मैत्री संघ झापाका कार्यवाहक सचिव कृष्ण दाहालले जानकारी दिनुभयो।
नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकको अध्यक्षता तथा भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको संक्षिप्त कार्यक्रममा अध्यक्ष मल्लिक, प्रमुख अतिथि पोखरेल, बिशिष्ट अतिथि नगर उपप्रमुख राधा कार्की र वडाअध्यक्ष रामप्रसाद दाहालले नेपाल भारत बीचको सदिऔं देखिको सम्बन्धको बारेमा चर्चा गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव दाहालले गर्नु भएको थियो।
Your blog is a true hidden gem on the internet. Your thoughtful analysis and engaging writing style set you apart from the crowd. Keep up the excellent work!.
I was suggested this web site by my cousin Im not sure whether this post is written by him as no one else know such detailed about my trouble You are incredible Thanks.
I do not even know how I ended up here but I thought this post was great I do not know who you are but certainly youre going to a famous blogger if you are not already Cheers.
Your blog is a beacon of light in the often murky waters of online content. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Keep up the amazing work!.