• Mon. Apr 14th, 2025

क्षयरोग निवारण संस्था झापाको पद बाँडफाँट

BySaptahik Samachar

८ माघ २०७९, आईतवार १९:४७ ८ माघ २०७९, आईतवार १९:४७ ८ माघ २०७९, आईतवार १९:४७

भद्रपुर / नेपाल क्षयरोग निवारण संस्था झापाको नवनिर्वाचित कार्य समितिले पदाधिकारी चयन गरेको छ। समिति गठन पश्चात् आइतबार बसेको प्रथम बैठकले पद बाँडफाँट गरेको हो।

संस्थाका नवनिर्वाचित सभापति गोपालबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पुस ३० गते भएको संस्थाको सातौं अधिवेशनद्वारा निर्वाचित सदस्य मध्ये ४ जनालाई सर्वसम्मतरुपमा पदाधिकारीको जिम्मेवारी प्रदान गरेको हो।

जिम्मेवारी प्राप्त गर्नुहुने पदाधिकारीहरूमा धनजुजु श्रेष्ठ – उपसभापति, केदार महत – सचिव, ससीम पोखरेल-कोषाध्यक्ष र शर्मिला अधिकारी – सहसचिव हुनुहुन्छ। वाँकी सदस्यहरूमा मानवहादुर धमला, जगन्नाथ खनाल, कृष्णप्रसाद प्रसाईं, गोपाल गिरी, भीष्म भट्टराई र सुरेन्द्र खत्री रहनुभएको छ।

सो समितिको पूर्णताका लागि एक महिला सहित चार सदस्य र पाँच सदस्यीय सल्लाहकार सदस्य मनोनयन गरिने सभापति थापाले जानकारी दिनुभयो। आगामी बैठकबाट समितिलाई पूर्णता दिइनेछ उहाँले बताउनुभयो। बैठकमा क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य गोपाल श्रेष्ठको उपस्थिति थियो।

14 thoughts on “क्षयरोग निवारण संस्था झापाको पद बाँडफाँट”
  1. Эта публикация завернет вас в вихрь увлекательного контента, сбрасывая стереотипы и открывая двери к новым идеям. Каждый абзац станет для вас открытием, полным ярких примеров и впечатляющих достижений. Подготовьтесь быть вовлеченными и удивленными каждый раз, когда продолжите читать.
    Подробнее – https://narko-zakodirovat1.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *