• Thu. Oct 23rd, 2025

कोशी सुपर प्रिमियर लिग प्रतियोगिता सञ्चालन हुने

BySaptahik Samachar

१४ श्रावण २०८२, मंगलवार १४:४२ १४ श्रावण २०८२, मंगलवार १४:४२ १४ श्रावण २०८२, मंगलवार १४:४२

गौरव सुब्बा सञ्चालन अध्यक्षमा

भद्रपुर १३, साउन / भद्रपुर क्रिकेट क्लबकाे आयोजनामा भद्रपुरमा हुन गइरहेको काेशी सुपर प्रिमियर लिग (K S L.) प्रतियाेगिता सञ्चालन मुल समितिकाे संयाेजकमा गौरव सुब्बा ‘मनाेज’ चयन हुनु भएकाे छ।


   मेची बहुमुखी क्याम्पसकाे क्रिकेट मैदान ( M C G.) मा आगामी षाैषकाे पहिलाे सातादेखि टी ट्वेन्टी क्रिकेट प्रतियोगिता हुन गइरहेको हो। प्रतियोगिताका लागि विभिन्न छ वटा फ्रेन्चाइज टीमहरु तयार भएको पनि संयोजक सुब्बाले जानकारी दिनुभयो।  पर्यटन प्रबर्द्धन तथा खेल( क्रिकेट) र खेलाडीहरुको स्तरवृद्धि गर्ने उद्देश्यका साथ कोशी सुपर प्रिमियर लिग प्रतियाेगिता सञ्चालनका लागि काेशी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ।

भद्रपुर नगरपालिका ८ नम्बर वडाका वार्ड अध्यक्ष समेत रहेका प्रतियोगिता सञ्चालन मुल समितिका संयाेजक सुब्बाका अनुसार कोशी सुपर लिग ( KS L.)-को फ्रेन्चाइज टीमहरुमा अष्ट्रेलियन नेपाली समाजको सिड्नी खुकुरी वरियर्स, ‘ म जे गर्छु भद्रपुरमा गर्छु, भद्रपुरलाई गर्छु ‘ भन्ने सोचका साथ क्रियाशील सामाजिक व्यक्तित्व दीपक पोखरेलको सौर्य पाथीभरा लायन्स र मुस्ताङ मारवाडी च्यालेन्जर छन्। त्यस्तै, पूर्वेली सुपर किंग्स, इटहरी आदर्श जायन्ट्स र कीचकवध किंग्स सहित ६ वटा फ्रेन्चाइज टीमहरु प्रतियोगितामा सहभागी हुने भएका छन्। प्रतियोगिता नेपाल क्रिकेट संघको नियमानुसार हुनेछ ।

30 thoughts on “कोशी सुपर प्रिमियर लिग प्रतियोगिता सञ्चालन हुने”
  1. Thanks for sharing superb informations. Your website is very cool. I am impressed by the details that you’ve on this web site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for more articles. You, my pal, ROCK! I found just the info I already searched all over the place and just could not come across. What a great web site.

  2. Whats up this is kinda of off topic but I was wondering if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding skills so I wanted to get guidance from someone with experience. Any help would be enormously appreciated!

Leave a Reply

Your email address will not be published. Required fields are marked *