• Thu. Nov 21st, 2024

केन्द्रीय संघद्वारा परिवार नियोजन संघ झापालाई सम्मान

BySaptahik Samachar

२ मंसिर २०८१, आईतवार १७:२५ २ मंसिर २०८१, आईतवार १७:२५ २ मंसिर २०८१, आईतवार १७:२५

चन्द्रा श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित

भद्रपुर २,मङ्सिर/ नेपाल परिवार नियोजन संघको राष्ट्रिय अध्यक्षमा डा. राजेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ भने केन्द्रीय सदस्यमा झापा,भद्रपुरकी  चन्द्रमाया श्रेष्ठ निर्वाचित हुनुभएको छ।

बाग्लुङमा सम्पन्न ४२ औ केन्द्रीय सभाले झापा शाखाबाट प्रतिनिधित्व गर्दै संघको विशेषज्ञ सदस्यका रूपमा चन्द्रमाया श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो।
११ सदस्यीय कार्यसमितिको राष्ट्रिय अध्यक्षमा निर्वाचित श्रेष्ठ  चितवनको प्रतिनिधित्व गर्नुहुन्छ।
  झापा शाखाबाट प्रतिनिधित्व गर्दै निर्वाचित हुने श्रेष्ठसँगै संघको सोही ४२ औ केन्द्रिय सभाले नेपाल परिवार नियोजन सङ्घ झापा शाखालाई सम्मान समेत गरेको छ।

यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सरकार तथा अन्य स्थानीय स्रोतबाट सबैभन्दा बढी आर्थिक स्रोत जुटाएकोमा झापा शाखालाई कदर पत्र प्रदान गरिएको हो। देशभरका २७ वटा शाखामध्ये झापा शाखा उत्कृष्ट घोषणा भएको झापा सभापति लोकनाथ भट्टराईले जानकारी दिनुभयो ।

3 thoughts on “केन्द्रीय संघद्वारा परिवार नियोजन संघ झापालाई सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *