गोपाल गिरी – – – – – – – – – – – – – – – भद्रपुर,१८ पुस/नेपाल दशनामी समाज झापाको सातौ जिल्ला अधिवेशनले केदार गिरीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत् चयन गरेको छ ।समाजको भवन बुट्टाबारीमा शनिवार भएको अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, उपाध्यक्षमा भद्रपुरकी सत्यरुपा बन र बिर्तामोडका सन्तोष गिरी चयन भएको निर्वाचन समितिका संयोजक गोपाल गिरीले जानकारी दिनुभयो।त्यस्तै समितिको सचिवमा मेचीनगरका केशव गिरी, सहसचिवमा अर्जुनधाराका हर्कलाल गिरी र कोषाध्यक्षमा बालकृष्ण गिरी सर्वसम्मत् चयन हुनुभएको छ।समितिको सदस्यमा चित्रकला गिरी, पदम गिरी, मुक्ति गिरी, अर्जुनकुमार गिरी, नारद गिरी, मिनकुमार पुरी, टेकबहादुर गिरी, मनकुमार बन, इन्द्रबहादुर बन, बालकुमार गिरी, देबीप्रसाद गिरी, रिता गिरी, भेषकुमार भारती, दीपककुमार गिरी, रामप्रसाद गिरी र सुशिला गिरी सर्वसम्मत् चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।समाजका अध्यक्ष खिलबहादुर गिरी (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा विशिष्ठ अतिथि तथा समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरी, संविधान सभा सदस्य प्रेम गिरी, केन्द्रीय कोषाध्यक्ष डम्बर बन, प्रदेश १का दशनामी अध्यक्ष चन्द्रप्रसाद गिरी, केन्द्रीय सल्लाहकार केदार गिरी, कांग्रेसका झापा सचिव कृष्ण हुमागाई, सहारा साकोसका संरक्षक तथा अग्रज दशनामी नरनाथ गिरी, दशनामी झापाकी उपाध्यक्ष सत्यरुपा बन र मानबहादुर गिरी (ध्रुव)ले शुभकामना मन्तव्य राखेका थिए ।स्वागत झापाका वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेको कार्यक्रमको सञ्चालन पूर्व सचिव शिव गिरीले गर्नुभएको थियो। । Post Views: 293 Post navigation शिक्षक मैत्री साकोस स्थानीय समितिको प्रथम साधारण सभा सम्पन्न राप्रपाद्वारा छात्रछात्रालाई स्वेटर वितरण
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८