• Sun. Sep 8th, 2024

कादः सिरूवा हर्षोल्लास साथ सम्पन्न

BySaptahik Samachar

२ बैशाख २०८०, शनिबार २०:२३ २ बैशाख २०८०, शनिबार २०:२३ २ बैशाख २०८०, शनिबार २०:२३

वैशाख १ गते जल र ३ गते रङ्ग सिरुवा

भद्रपुर २,वैशाख / बैशाख१गते देखि ३गतेसम्म मनाइने सिरुवा पर्वको दोस्रो दिन शनिबार हिलो खेलेर कादः सिरुवा मनाइएको छ। राजवंशी र राजवंशी भाषी समुदायले आफ्नो गाउँ, घरमा खाल्डो खनेर माटो संकलन गरी माटोलाई भिजाएर एकदमै हर्षाेल्लासका साथ काद: सिरुवा मनाएका छन् ।


पहिले गर: माटी(रातो माटो ) ले कादः सिरुवा खेलिन्थ्यो भने अहिले गर: माटो हराउँदै गएकोले झार जंगल ताछेको भुईँमा माटोलाई खनेर वा माटो संकलन गरेर हिलो बनाई सोही हिलोलाई एक अर्कामा दलेर काद: सिरुवा खेलिएको शिक्षक तथा सञ्चारकर्मी रूमा राजवंशीले बताउनुभयो ।
माटोलाई जीवन मान्ने राजवंशी समुदायमा काद: अर्थात् हिलोले शरीरलाई शितलता प्रदान गर्ने, विभिन्न प्रकारका रोगबाट मुक्ति मिल्ने, चर्मरोगहरु नलाग्ने र वर्षैभरि सुख, शान्ति र समृद्धि छाउने जनविश्वास रहिआएको छ।

हिलोले छ्याप्पै भएर, हिलाम्मे भई काद: सिरुवा खेलीसकेर शनिबार नै महिलाहरुले आफूलाई पायक पर्ने स्थान कुवा, कल र नदीमा गई घाटोसरी तिस्ताबुरी माताको पनि पूजाआराधना गरेका छन्।


चना,मुरै, लसुन, अदुवा र अठिया केला लगायतका सामग्रीद्वारा पूजा गरी छातामा चढाएको पानी घरमा ल्याएर छिट्ने गर्दछन्।
तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातीले हिजो १ गते पानी सिरुवा खेली मनाएका छन् भने भोलि रङ खेलेर सिरुवा पर्वको समापन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *