काठमाडौँ ३० भदौ /सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो । निरौला र खड्काले आज बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् ।आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । अध्यक्ष नियुक्त हुनुभएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुनुहुन्थ्यो । उहाँ नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो । Post Views: 240 Post navigation रोकियो रेडक्रसको विशेष महाधिवेशन सम्विधान दिवसमा सार्वजनिक विदा
भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता ४ मंसिर २०८१, मंगलवार ०६:३६