• Tue. Mar 11th, 2025

कलेजका नयाँ विद्यार्थीलाई पाथीभरा नर्सिङ व्यवस्थापनद्वारा स्वागत सम्मान

BySaptahik Samachar

१९ फाल्गुन २०८१, सोमबार २०:२० १९ फाल्गुन २०८१, सोमबार २०:२० १९ फाल्गुन २०८१, सोमबार २०:२०

भद्रपुर १९ ,फागुन / ओमसाई पाथीभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भइ अध्ययन गरिरहेका नयाँ विद्यार्थीलाई स्वागत सम्मान गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा २०८१ मंसिर २१ गतेबाट कलेजको मान्यता पाएपछि नर्सिङ कलेजमा स्टाफ नर्स र फार्मेसी पढ्न आएका विद्यार्थीहरूलाई कलेजले स्वागत सम्मान गरेको हो ।
अस्पतालका निर्देशक बालकुमार पोखरेल (साइराम) को अध्यक्षता तथा अध्यक्ष दिपक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई अविर र खादा पहिराएर स्वागत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै कलेजकी प्रिन्सिपल ज्योति भट्टराईले पहिलो पटक प्राविधिक शिक्षा तर्फ अगाडि बढेको अस्पतालले उच्च स्तरीय सीप सहितका विद्यार्थी उत्पादनको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ओमसाई पाथीभरा हस्पिटलले नर्सिङ कलेज सञ्चालन गरेपछि स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी पढ्न स्थानीयदेखि सुदूर पश्चिमसम्मका विद्यार्थी आएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले यही आर्थिक वर्षबाट कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न थालेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम) ले जानकारी दिनुभयो ।

चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक वर्ष २०८१/०८२ बाट स्टाफ नर्स, एचए. र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको निर्देशक दीपकुमार पौडेलको भनाइ छ । उहाँका अनुसार प्रत्येक कार्यक्रममा ४०/४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ ।
कलेजकी प्रिन्सिपल भट्टराईका अनुसार कलेजमा स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ३७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
सोही स्वागत सम्मान कार्यक्रममा नर्सिंङ सेवाकी संस्थापक फ्लोरेन्स नाइटिङ्गलको तस्विर राखेर दीप प्रज्ज्वलन समेत गरिएको थियो। कार्यक्रममा अस्पतालका लेखा शाखा प्रमुख रामहरि खतिवडा, प्रशासनका मनोज दाहाल, बुद्धि कोइराला, योगेन्द्र ढुङ्गाना लगायत अस्पताल तथा कलेजका सरोकारवाला व्यक्तित्वको उपस्थिति रहेको थियो भने सञ्चालन पवित्रा ढुङ्गाना र आरूसी खनालले पालैपालो गर्नुभएको थियो।

3 thoughts on “कलेजका नयाँ विद्यार्थीलाई पाथीभरा नर्सिङ व्यवस्थापनद्वारा स्वागत सम्मान”
  1. Hey! This is my first visit to your blog! We are a group of volunteers and starting a new project in a community in the same niche. Your blog provided us valuable information to work on. You have done a extraordinary job!

Leave a Reply

Your email address will not be published. Required fields are marked *