• Tue. Sep 17th, 2024

एक दिन अघि सर्‍यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति

BySaptahik Samachar

१४ भाद्र २०८१, शुक्रबार १५:०४ १४ भाद्र २०८१, शुक्रबार १५:०४ १४ भाद्र २०८१, शुक्रबार १५:०४

भद्रपुर १४, भदौ / कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ। यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति सामान्य परिवर्तन भएको हो ।
आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता एक दिन अघि भदौ २८ गतेदेखि ३० गतेसम्म हुने भएको छ भने भद्रपुरको मेची रंगशालास्थित कभर्ड हलमा पहिलो पटक हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुने तय भएको छ। पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो।भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन्।
प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिनुभयो।
त्यस्तै,भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

2 thoughts on “एक दिन अघि सर्‍यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *