• Wed. Oct 1st, 2025

एकै दिन दुई भजन गायकको निधन

BySaptahik Samachar

१४ फाल्गुन २०८०, सोमबार २०:३८ १४ फाल्गुन २०८०, सोमबार २०:३८ १४ फाल्गुन २०८०, सोमबार २०:३८

पंकज उदास र भक्तराज आचार्य

भारतीय गायक तथा नेपाली गायक

भद्रपुर १४,फागुन / भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उहाँको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो। आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिनुभएको छ। स्वरसम्राट नारायणगोपालका समकालीन गायक उहाँको जन्म विसं १९९९ सालमा धनकुटामा भएको हो ।

नेपाली सुगम संगीतमा उहाँको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । 
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

त्यस्तै भारतका चर्चित गजल गायक पंकज उदासको पनि निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उदासको सोमबार नै निधन भएको उनकी छोरी नायाब उदासले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पंकज उदास ७३ वर्षका थिए ।
बुवाको मृत्युको पुष्टि गर्दै नायाबले लेखेकी छिन्, ‘निकै दुःखका साथ तपाईंहरूलाई यो खबर सुनाउँदै छौँ कि पद्मश्री पंकज उदासको २६ फेब्रुअरी २०२४ मा निधन भएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।’
इन्डियन एक्सप्रेसका अनुसार पंकज उदासको सोमबार बिहान ११ बजेतिर ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो । उदासका ‘चिठ्ठी आयी है’(नाम), ‘ना कजरे की धार’(मोहरा), ‘चाँदी जैसा रंग’, ‘एक तरफ उसका घर’, ‘जिये तो जिये कैसे’, ‘तेरे बिना जिना’ र ‘अहिस्ता’ चर्चित गीतहरू छन् । पंकज उदासका श्रीमती फरिदा उदास तथा छोरीहरू नायाब र रेभा छन् ।

34 thoughts on “एकै दिन दुई भजन गायकको निधन”
  1. HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …

Leave a Reply

Your email address will not be published. Required fields are marked *