• Tue. Sep 17th, 2024

उत्कृष्ट ३ जनालाई प्रमोद तामाङ स्मृति सम्मान

BySaptahik Samachar

१५ भाद्र २०८१, शनिबार १७:३३ १५ भाद्र २०८१, शनिबार १७:३३ १५ भाद्र २०८१, शनिबार १७:३३

भद्रपुर १५,भदौ। नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.–भद्रपुरद्वारा स्थापित ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’बाट यस वर्ष प्रेस चौतारी–झापाका अध्यक्ष मनकुमार गदाललाई सम्मान गरिएको छ।
पुरस्कृत सञ्चारकर्मी गदाल दमकस्थित रेडियो किङ एफएम. का स्टेशन मेनेजर समेत हुनुहुन्छ ।
त्यसैगरी, उत्कृष्ट राष्ट्रसेवक सम्मानबाट कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मा र भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका निरीक्षक मनोज भट्टराईलाई पनि सम्मान गरिएको छ ।
सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य छविलाल चुडाल, कर्मचारी संगठनका झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित सम्मान–पत्र प्रदान गरेका थिए ।
अध्यक्ष केदार पोखरेलको सभापतित्व र सीता गुरागाईले स्वागत गरेको सो कार्यक्रमको सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
सोही कार्यक्रमका बीच महिला कर्मचारीहरूलाई हरितालिका तीजको सामूहिक दर कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

2 thoughts on “उत्कृष्ट ३ जनालाई प्रमोद तामाङ स्मृति सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *