• Wed. Jun 25th, 2025

आस्थापूर्वक भरे स्थानीय समुदायले किचकवध मेला

BySaptahik Samachar

४ फाल्गुन २०७८, बुधबार १९:३४ ४ फाल्गुन २०७८, बुधबार १९:३४ ४ फाल्गुन २०७८, बुधबार १९:३४

भद्रपुर ,४ फागुन/ कोरोना प्रभावका कारण भद्रपुर २ स्थित किचकबध धार्मिक , ऐतिहासिक तथा पर्यटकीय स्थलमा मेला नलाग्ने भनिए पनि भक्तालुहरुले आफ्नो आस्था कायम राख्दै मेला भरेका छन्। पौष शुक्ल पूर्णिमाका दिन स्वस्थानी व्रत समाप्तिका दिन लाग्ने मेलामा विहानैदेखिको भीडले किचकवध मेला अनौपचारिक तर पूर्ण आस्थापूर्वक लागेको छ।

महाभारतकालीन इतिहाससंग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन गएको किम्बदन्ती छ।भद्रपुर नगरपालिका–२ मा रहेको किचकवध महाभारतकालीन कथासँग जोडिएको तर प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुरको पृथ्वीनगर क्षेत्रको १० बिघा क्षेत्रफलमा फैलिएको यस तीर्थस्थलमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।किचकबध मेलाकै लागि भद्रपुर नगरपालिका , हल्दिबारी र कचनकवल गाउँपालिकाले आज सार्वजनिक विदा दिएका थिए ।

किचकबध धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समिति भद्रपुर २ र ३ ले फागुन १ गते सार्वजनिक सूचना जारी गरी यस वर्ष पनि मेला नलाग्ने जानकारी गराएको थियो । कोरोना संक्रमणका कारण विगत तीन वर्षदेखि राम्ररी मेला लाग्न सकेको छैन ।समितिले यो वर्ष पनि मेलाको ठेक्का लगाएको थिएन । तर, बिहानैदेखि भक्तालुहरुको उपस्थिति संगै पुजापाठ गर्ने र स्नान गर्नेहरुको भीड देखिएको थियो।हिन्दू र किरात समुदायको साझा तीर्थस्थलका रुपमा यसलाई चिनिँदै आएको छ ।
प्राकृतिक दृश्यावलोकनका लागिसमेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकवध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर र बाह्रै महिना पानी रहने पाँचकुने एउटा पोखरी छ । दक्षिणी भागमा दुईतले भवनमा प्रहरीको कार्यालय रहेको छ ।

13 thoughts on “आस्थापूर्वक भरे स्थानीय समुदायले किचकवध मेला”
  1. Эта информационная заметка предлагает лаконичное и четкое освещение актуальных вопросов. Здесь вы найдете ключевые факты и основную информацию по теме, которые помогут вам сформировать собственное мнение и повысить уровень осведомленности.
    Подробнее можно узнать тут – https://nakroklinikatest.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *