• Tue. Jul 1st, 2025

आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुरको अध्यक्षमा शमशेर तामाङ

BySaptahik Samachar

१० भाद्र २०७९, शुक्रबार १०:२६ १० भाद्र २०७९, शुक्रबार १०:२६ १० भाद्र २०७९, शुक्रबार १०:२६


भद्रपुर १०,भदौ / नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुर नगर समितिको अध्यक्षमा शमसेर तामाङ मोक्तान सर्वसम्मत चयन हुनुभएको छ।
भद्रपुर नगरपालिकाको ५ नम्बर वडा कार्यालयको सभा हलमा बिहीबार भएको नगर परिषद्को तेस्रो अधिवेशनले तामाङलाई तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको हो ।  
१७ सदस्यीय नगर परिषद्को ३ जना उपाध्यक्षहरूमा वीरबहादुर खवास, अञ्जना श्रेष्ठ र छत्र गुरुङ, सचिवमा मञ्जु मेचे, सहसचिवमा वसन्त राजवंशी, रवि सुनुवार, रिया लामा तथा कोषाध्यक्षमा विगत लेप्चा चयन हुनुभएको छ।
त्यस्तै,सदस्यहरूमा दीपेन्द्र याक्खा राई, हेमा कन्दङ्वा लिम्बू ,कुमारी थेवे राई, सोहनलाल गणेश, ओम थामी, सुमित्रा मुर्मू , गंगा माझी र मानवहादुर मगर चयन हुनुभएको भएको निर्वाचन प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ झापाले भद्रपुर नगर समन्वय परिषदको तेस्रो अधिबेशन सम्पन्न गराउने प्रयोजनका लागि जिम्मेवारी प्रदान गर्दै अध्यक्ष तोकिएका समर राईको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनलाई प्रमुख अतिथि पोखरेल, प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठ, गुरुङ राष्ट्रिय परिषदका धनप्रसाद गुरुङ, नेवा दयः दवुका कृष्ण उदास, भद्रपुर वडा नम्बर ५ र ६ वडा अध्यक्षहरू बन्धु कार्की र रतिया राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज सन्तोष बुढाथोकी, आदिवासी जनजाति महासंघ मेचीनगरका ओमप्रकाश खापुङ र भद्रपुर प्रेस क्लबका अध्यक्ष राजवावु शंकरले शुभकामना मन्तव्य सहित शुभकामना दिनुभएको थियो।

अधिवेशन संयोजक याता राजेन्द्र सुनुवारले सञ्चालन गरेको कार्यक्रममा अग्रज व्यक्तित्व निरकुमार राईले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा भद्रपुरको आदिवासी महासंघमा आवध्द १८ जातीय संस्थालाई प्रमाण पत्र वितरण गरिएको धर्म राईले जानकारी दिनुभयो ।

7 thoughts on “आदिवासी जनजाति महासंघ समन्वय परिषद् भद्रपुरको अध्यक्षमा शमशेर तामाङ”
  1. I am really inspired with your writing abilities and also
    with the format to your blog. Is this a paid subject or did you modify it your self?
    Either way stay up the nice quality writing, it is
    uncommon to look a great blog like this one these days.

    TikTok ManyChat!

Leave a Reply

Your email address will not be published. Required fields are marked *