• Wed. Feb 5th, 2025

अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा

BySaptahik Samachar

२२ माघ २०८१, मंगलवार ०५:३८ २२ माघ २०८१, मंगलवार ०५:३८ २२ माघ २०८१, मंगलवार ०५:३८

भद्रपुर २१,माघ। पछिल्लो समय सामाजिक संजालका विभिन्न प्लेटमफर्ममा ‘अमलाकाण्ड’ भनेर एक अमेल जोडीलाई खुबै खिल्ली उडाइरहेको पाइएको छ ।
‘अमलाकाण्ड’ भन्दै २१ वर्षीय युवती र ८१ वर्षीय बृद्धको विभिन्न युटुव च्यानलमा भिडियो पोष्ट भए सँगै समाजिक संजाल प्रयोग कर्ताहरुले गम्भीर प्रकृतिको “यौन अपराध” लाई विभिन्न प्यारोडी, भ्वाइस रेर्कड गरेर घटनाको मर्म र गाम्भीर्यतालाई मजाक बनाई बृद्ध र युवतीलाई मजाकको पात्र बनाइरहेका छन् ।
    झापाको शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन् । बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधीखोजी सुरु हुँदा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन् । युवतीको भनाइ अनुसार ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेको बताइन् ।
युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको देखेको बताएका छन् ।
तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन् । उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा आफ्‌नो नभएको बताएका छन् ।
युवतीले ८१ वर्षिय बृद्धको नाम लिएपछि घटनाको बारेमा विभिन्न युटुव च्यानल, टिकटक, व्यक्तिगत फेसबुक र फेसबुक पेजहरुमा युवती र बृद्धसँगको दोहोरो कुराकानीका दृश्यहरु र छोटा तर हँसीमजाक लाग्ने छोटा क्लिपहरु ‘अमलाकाण्ड’ भन्दै पोष्ट भए ।
पोष्ट भएका छोटा क्लिपहरु एकपछि अर्को गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाए, उनीहरुले भाइरल बनाएका क्लिपहरु घटनाको उजागर गर्ने र घटनाको बारेमा अनुसन्धान गरी यौन अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने भन्दा पनि युवती र बृद्धलाई हासो मजाकको पात्रका रुपमा लिएर आफ्‌नो सामाजिक संजालको भिउज बढाउने र त्यसबाट हुने लाभ लिन उद्धत भएको देखिन्छ ।
बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन । गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा ‘अमलाकाण्ड’ भनेर मजाकको रुपमा विभिन्न सामाजिक संजाल प्रयोग कर्ताहरुले उडाइ रहेको पाइएको छ ।
सामाजिक संजालमा युवती र बृद्धको ट्रोल बनाएर हसीमजाक बनाएपनि घटनाको भित्री पाटो भने त्यस्तो नएको शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्कीले बताउनु भएको छ ।
कार्कीका अनुसार –“घटनाको सत्यतथ्य छानविनका लागि झापाका जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरीका प्रमुख लगायतको टोलीले स्थलगत रुपमा आएर घटनाको बारेमा बुझी अनुसन्धान प्रक्रिया अगाडी बढाउनु भएको छ ।”
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाले बृद्धलाई पक्राउ गरी कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनु भयो । अहिले बृद्ध प्रहरीको नियन्त्रणमा रहेका छन् ।

8 thoughts on “अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा”
  1. Le code promo 1xbet: 1XFOX200. Ce code vous bonus de bienvenue jusqu’à $130 sur les paris sportifs. Ce code de parrainage 1XBET 2025 offre un bonus exclusif destiné à parier ou à jouer au casino. Avec ce code, 1xBet propose un bonus de bienvenue sur les paris sportifs pouvant atteindre 130 $ sous forme de paris gratuits. De plus, un bonus de casino est disponible jusqu’à 1 500 $ ainsi que 150 tours gratuits.comment créer un code promo 1xbet

  2. Le code promo 1xbet: 1XFOX200. Ce code vous bonus de bienvenue jusqu’à $130 sur les paris sportifs. Ce code de parrainage 1XBET 2025 offre un bonus exclusif destiné à parier ou à jouer au casino. Avec ce code, 1xBet propose un bonus de bienvenue sur les paris sportifs pouvant atteindre 130 $ sous forme de paris gratuits. De plus, un bonus de casino est disponible jusqu’à 1 500 $ ainsi que 150 tours gratuits.générateur de code promo 1xbet

Leave a Reply

Your email address will not be published. Required fields are marked *