• Sun. Sep 8th, 2024

अपाङ्गता भएकालाई बाख्रा वितरण

BySaptahik Samachar

२७ जेष्ठ २०७९, शुक्रबार २१:४७ २७ जेष्ठ २०७९, शुक्रबार २१:४७ २७ जेष्ठ २०७९, शुक्रबार २१:४७

भद्रपुर २७,जेठ / भद्रपुर नगर अपाङ्गता समन्वय समितिको आयाेजनामा अपाङ्गता भएका किसान परिवारलाई बाख्रा वितरण गरिएको छ। भद्रपुर नगरपालिकाको सहयोगमा आज भद्रपुर नगरका दशवटै वडाका १/१जना छनौट गरी १० जनालाई विउ पुँजीको रुपमा अनुदान स्वरुप बाख्रा वितरण गरिएको हो।
समन्वय समितिका कार्यवाहक सभापति दाेर्णाचार्य निरौलाको अध्यक्षता र नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथि रहनु हुने नगर उपप्रमुख राधा कार्की,प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल अपाङ्ग संघका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
स्वागत तथा उद्देश्यमाथि ऋषि चापागाईँले प्रकाश पारेको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक केदार महतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *