• Mon. Aug 11th, 2025

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भोलि भद्रपुरमा हाफ म्याराथुन हुने

BySaptahik Samachar

२७ श्रावण २०८२, सोमबार १७:२३ २७ श्रावण २०८२, सोमबार १७:२३ २७ श्रावण २०८२, सोमबार १७:२३

भद्रपुर २६, साउन / अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर झापाको सदरमुकाम भद्रपुरमा हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ । नगरपालिकाको नगर युवा परिषदको आयोजनामा भोलि मंगलवार विहान पुरुष र महिलाको अलग अलग दौड प्रतियोगिता हुने भएको हो । पुरुषहरुका लागि पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किच्चकबधसम्म र महिलाहरु ले भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट किच्चकवधसम्म दौडने दूरी तय गरिएको छ।
भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज भएको सर्वपक्षीय बैठकमा नगर युवा परिषदले म्याराथुन तयारीका बारे जानकारी गराएको छ । नगरपालिकामा क्रियाशील संघ–संस्था र क्लबहरुको सहयोगमा म्याराथुन  प्रतियोगिता सम्पन्न गरिने नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिनुभयो ।
एथलेटिक्स नियम अनुसार गराइने प्रतियोगिताका लागि एथलेटिक्स प्रशिक्षक गोपाल यादव र कुमार श्रेष्ठले सहजीकरण गर्ने बताइएको छ । स्वस्थ समाज निर्माणमा युवाको सहभागिता र सक्रियता सुनिश्चित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा दुबै समूहबाट प्रथम हुनेलाई नगद २५ / २५ हजार, दोस्रो हुनेले १५ /१५ हजार, तेस्रो हुनेले १०/१० हजार र चौथो हुनेलाई नगद ५ /५ हजार पुरस्कारसहित मेडल–ट्रफी प्रदान गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *