• Fri. Nov 14th, 2025

वेपत्ता युवकको शव भेटियो

BySaptahik Samachar

१४ भाद्र २०७९, मंगलवार ०९:०६ १४ भाद्र २०७९, मंगलवार ०९:०६ १४ भाद्र २०७९, मंगलवार ०९:०६

भद्रपुर, भदौ १४ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ। हिजो दिउँसो बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव आज बिहान पृथ्वीनगर क्षेत्रमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताउनुभयो । शव भेटिएपछि परिवारलाई खबर गरिएको उहाँले ले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हिजो दिउँसो साढे ४ बजे भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको थियो। त्यस पछि खोजी कार्य जारी राखिएको उनको शव आज विहान भेटिएको डिएसपी पाठकको भनाइ छ ।

192 thoughts on “वेपत्ता युवकको शव भेटियो”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *