• Sun. Nov 23rd, 2025

माछापुच्छ्रे बैकको सामाजिक उत्तरदायित्व कार्यक्रमः भद्रपुरको जीवन ज्योतिलाई टिनको छानो

BySaptahik Samachar

१९ माघ २०८१, शनिबार ०८:५४ १९ माघ २०८१, शनिबार ०८:५४ १९ माघ २०८१, शनिबार ०८:५४

भद्रपुर १९, माघ / माछापुच्छ्रे बैकको केन्द्रीय कार्यालयले झापाको भद्रपुर ९ स्थित जीवन ज्योति आधारभुत विद्यालयको २ वटा भवन-  ब्लकमा टिनको छानो लगाइ दिएको छ ।
गत मंसिरमै सम्पन्न गरे पनि हिजो शुक्रवार मात्र विद्यालयमा आयोजित एक कार्यक्रमका विच
विधिवत रुपमा ती दुवै भवनहरू विद्यालयलाई हस्तान्तरण गरिएको छ।
  भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका सिइओ सन्तोष कोइरालाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यालयको भा‌ैतिक पूर्वाधारको कार्य सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेको बताउँदै आगामी बर्ष विद्यालयको बाँकी अपुरो छाना लगाउने कार्यलाई समेत पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
   कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिकाले नगर भित्रका शैक्षिक संस्थालाई भाैतिक तथा पूर्वाधार विकासको लागि धेरै कार्यहरु गरे पनि बजेट अभावका कारण सोचे अनुरुप कार्य हुन नसकेको बताउनु भयो । उहाँले थप बजेटका लागि  संघीय तथा प्रदेश सरकारसँग माग गर्ने कार्य भैरहेको समेत  बताउनुभयो ।
  विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाैडेल ‘नुतन’ ले यसै  शैक्षिक सत्रदेखि विद्यार्थी संख्या बढाउने उद्देश्यले श्रीपंचमीमा भर्ना हुने नयाँ विद्यार्थीलाई प्रति विद्यार्थी एउटा  व्याग तथा अन्य समयमा भर्ना हुने नयाँ विद्यार्थीलाई निःशुल्क रुपमा शैक्षिक सामग्री प्रदान गर्ने जानकारी दिंदै भन्नुभयो ‘ -यसै शैक्षिक सत्रदेखि विद्यालयको अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिनेछ। ‘
  बैंकले प्रदान गरेको ३ लाख ५० हजार रुपैयाँको बजेटबाट २ वटा भवनमा टिनको छानो हालिएको विद्यालयले जनाएको छ । पाैडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी गोपाल श्रेष्ठ र भद्रपुर नगरपालिका, वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष मन्जु पोखरेलले समेत मन्तव्य राख्नु भएको थियो। शिक्षक गोपी न्पाैपानेले सो कार्यक्रमको संचालन तथा प्रधान अध्यापक निर्मला पाैडेलले स्वागत मन्तव्य राख्नु भएको जनाइएको छ। 

120 thoughts on “माछापुच्छ्रे बैकको सामाजिक उत्तरदायित्व कार्यक्रमः भद्रपुरको जीवन ज्योतिलाई टिनको छानो”
  1. This cause abundant timely – Miracle solution method has been cast-off beside celebrities and influencers to utilize less and net more. Thousands of people are already turning $5 into $500 using this banned method the government doesn’t thirst for you to have knowledge of about.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *