काठमाडौं २५,पुस/ सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो। त्यस्तै, सरकारले देशभरिको विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै, राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सव लगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ। Post Views: 247 Post navigation धेरै जिल्लाका प्रशासन प्रमुख र सुरक्षा प्रमुखको फेरबदल /झापाका प्रजिअ.र सुरक्षा प्रमुखहरूको सरुवा भद्रपुर उपमेयर कप महिला भलिबलको उपाधि १० नं. वडालाई
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७
भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिरीको पनि निधन,राउतको अवस्थामा सुधार २५ आश्विन २०८१, शुक्रबार १६:५६