• Sat. Jul 27th, 2024

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजवावु

  • Home
  • प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजवावु

भद्रपुर ११,असार/ प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजवावु शंकर निर्वाचित हुनुभएको छ। क्लबको आज शनिबार सम्पन्न १२ औं साधारण सभा तथा तेस्रो अधिवेशनले शंकरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।
तीन वर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्लीरमण नेपाल, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान रहनुभएको छ भने सदस्यहरूमा विगम श्रेष्ठ, लक्ष्मीप्रसाद मिश्र,दिपेन्द्र कटुवाल र भेषराज नेपाल हुनुहुन्छ।
भद्रपुर १० नम्बर वडाको सभा हल चन्द्रगढीमा भएको साधारण सभाको प्रमुख आतिथ्य भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले र अध्यक्षता क्लवका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि नगर उपप्रमुख राधा कार्की, ८ न.वडा अध्यक्ष गौरव सुव्वा-मनोज, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई र नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रेस क्लब भद्रपुरका सल्लाहकार चिन्तामणि दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव पार्थ मण्डलले आर्थिक प्रतिवेदन र महासचिव उत्तम नेपालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो