• Sun. Sep 8th, 2024

गड्तौला बने नमुना स्कुलका पूर्व विद्यार्थी समाजका संयोजक

BySaptahik Samachar

२७ पुष २०८०, शुक्रबार १७:५७ २७ पुष २०८०, शुक्रबार १७:५७ २७ पुष २०८०, शुक्रबार १७:५७

भद्रपुर २७,पुस / झापा भद्रपुरको ८ न.वडामा अवस्थित पृथ्वी आधारभूत विद्यालय (नमूना स्कुल) मा तोयानाथ गड्तौलाको संयोजकत्वमा पूर्व विद्यार्थी समाज गठन भएको छ।

विद्यालयको ५५ औं वार्षिकोत्सवका अवसरमा भेला भएका पूर्व विद्यार्थीहरूले विद्यालयका पूर्व विद्यार्थी प्रदेश सांसद मोहन महर्जनको उपस्थितिमा ७ सदस्यीय पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेका हुन् ।
समितिको सदस्यहरूमा नितेश वर्मा, शुशिला कार्की, तारा दाहाल-गौतम, गोपाल खड्का, शिवकुमार श्रेष्ठ र पवन घिमिरे रहनुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त खवासका अनुसार, विधान बनाउने, संस्था दर्ता गर्ने र सदस्य विस्तार गरी बृहत् भेला राख्ने जिम्मेवारी तदर्थ समितिलाई तोकिएको छ।

33 thoughts on “गड्तौला बने नमुना स्कुलका पूर्व विद्यार्थी समाजका संयोजक”
  1. Good day! I could have sworn I’ve been to this blog before but after
    reading through some of the post I realized it’s new to me.
    Anyhow, I’m definitely delighted I found it and I’ll be book-marking and checking back frequently!

Leave a Reply

Your email address will not be published. Required fields are marked *