• Fri. May 1st, 2026

क्याम्पस परिसरको क्रिकेट मैदान पुनर्निर्माणमा खेलाडी आफै जुटे

BySaptahik Samachar

१६ पुष २०७९, शनिबार ०९:२५ १६ पुष २०७९, शनिबार ०९:२५ १६ पुष २०७९, शनिबार ०९:२५

भद्रपुर १६ पुस /झापाको भद्रपुर नगरपालिका – ८ स्थित मेची वहुमुखी क्याम्पस परिसरमा रहेको क्रिकेट मैदानको निर्माणमा खेलाडी आफै जुटेर खेल्न योग्य बनाएका छन्। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र ८ न.वडा अध्यक्ष गौरव सुव्वा-मनोजको पहलमा स्थानीय खेलाडीले मर्मत सम्भार गर्दै मैदानलाई खेल्न योग्य बनाएका हुन्। आज भन्दा १४ वर्ष अघि अर्थात् २०६५ सालमा मेची क्याम्पससंग सम्झौता गरेरै नेपाल क्रिकेट संघ क्यानको आग्रहमा क्रिकेट खेलको अभ्यासका लागि क्याम्पसले स्थान उपलब्ध गराएको थियो। सम्झौता पत्रमा तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेल र क्यान प्रतिनिधिका रूपमा नेपाल क्रिकेट संघका सदस्य छत्रप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ।

दुई पटक गरेर १०लाख रूपैयाँको लागतमा क्यानले नै प्रोजेक्टका रूपमा निर्माण थालनी गरेको र पछि क्यान आफै विवादमा परे पछि ओझेलमा परेको मेची क्याम्पसको क्रिकेट मैदानलाई घाँस र काँसले घेरे पछि खेल खेल्न सक्ने अवस्थाको थिएन। मेची वहुमुखी क्याम्पसका प्रमुख जीवन पोखरेल भन्नुहुन्छ-मैदान निर्माणको सुरुका वर्षमा केही चहलपहल देखिए पनि पछिल्ला बर्ष मैदानको हेरचाह र स्याहार सम्भारसंगै संरक्षण सम्वर्द्धन नहुँदा मैदान घाँसै घाँसले भरिएको थियो।
पहिले नै क्रिकेट अभ्यासका लागि मैदान तयार भए पनि मैदानमा घाँस र काँस जस्ता अचाडु झारले घेरे पछि अभ्यास गर्न नपाएका स्थानीय खेलाडीले मर्मत सुधारका लागि जनप्रतिनिधि र स्थानीय उद्योगी व्यवसायी समक्ष सहयोगका लागि याचना गरेका थिए।
उनीहरूले स्थानीय तह र उद्योगी व्यवसायीसमक्ष राखेको मागसहित प्राप्त आश्वासन बमोजिम त्यहाँ उम्रेको झारपात आफै काट्ने र फाँड्ने गर्नुका साथै स्थानीयको सहयोगमा खेलाडी आफैले कंक्रिटको क्रिज सहितको खेल मैदान निर्माण गरेका हुन्। भद्रपुरका ४ जना प्रदेश स्तरिय खेलाडी अंकित सुवेदी, विपीन महतो, फैजल रहमान र सुमिन राई लगायतको सक्रियतामा खेल मैदान तयार भएको हो। मैदान निर्माणमा भद्रपुर ८ नम्वर वडाले केही नगदसहित जेसिवी उपलब्ध गराएको थियो। कंक्रिटको क्रिजका लागि भने भद्रपुर झापा गोल्ड कप फूटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं युवा उद्यमी दीपेश ढकालले १० बोरा सिमेन्ट उपलव्ध गराउनु भएको जनाइएको छ ।

72 thoughts on “क्याम्पस परिसरको क्रिकेट मैदान पुनर्निर्माणमा खेलाडी आफै जुटे”
  1. В обзорной статье вы найдете собрание важных фактов и аналитики по самым разнообразным темам. Мы рассматриваем как современные исследования, так и исторические контексты, чтобы вы могли получить полное представление о предмете. Погрузитесь в мир знаний и сделайте шаг к пониманию!
    Детальнее – https://quick-vyvod-iz-zapoya-1.ru/

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *