• Fri. Dec 27th, 2024

कृषि सहकारीलाई बचत तथा ऋण सहकारीमा रूपान्तरण गर्ने स्वर्गद्वारीको निर्णय

BySaptahik Samachar

१ मंसिर २०८१, शनिबार १५:३१ १ मंसिर २०८१, शनिबार १५:३१ १ मंसिर २०८१, शनिबार १५:३१

भद्रपुर १, मङ्सिर / झापाको भद्रपुर नगर पालिका वडा नं.८ मा रहेको श्री स्वर्गद्वारी कृषि सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा भावी दिनका लागि चालिने महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ।भद्रपुर नगर पालिकाका प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष गोपालवहादुर थापाको अध्यक्षतामा आज १० नं.वडा कार्यालयमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले,संस्थालाई कृषि सहकारीबाट बचत तथा ऋण सहकारी संस्थामा लैजाने प्रक्रिया अघि बढाउन ,कम्तिमा २० कित्ता शेयर खरिद गरेका शेयर सदस्यलाई अस्पतालको प्रमाणित कागजातको आधारमा रू.५ हजार औषधोपचार खर्च दिने,सुत्केरी हुँदा बढीमा दुईपटकसम्मलाई अस्पतालकै कागजातको आधारमा प्रति पटक रू.१५ सय र मृतक शेयर सदस्यको परिवारलाई रू.७ हजार राहतसहितको उपलब्ध गराउने निर्णय भएको छ।

४५२ महिला,४७२ पुरुष र ११ अन्य समेत ९३५ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ५४ हजार २११ रूपैयाँ खुद मुनाफा गरेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

उत्कृष्ट बचतकर्ता हर्कमाया लिम्बू र उत्कृष्ट ऋणी सदस्य राजकुमार राईलाई सम्मान गरिएको साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख पोखरेल,उपप्रमुख राधा कार्की , भद्रपुर नगर पालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल,कलवलगुरी सहकारी संस्थाका अध्यक्ष नारायण चम्लागाईंले शुभकामना मन्तव्य राख्नु भएको थियो।उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य राखेको साधारण सभाको सञ्चालन सोही सहकारीका सल्लाहकार प्रकाश भण्डारीले गर्नुभएको थियो।

48 thoughts on “कृषि सहकारीलाई बचत तथा ऋण सहकारीमा रूपान्तरण गर्ने स्वर्गद्वारीको निर्णय”
  1. |Tato stránka má rozhodně všechny informace, které jsem o tomto tématu chtěl a nevěděl jsem, koho se zeptat.|Dobrý den! Tohle je můj 1. komentář tady, takže jsem chtěl jen dát rychlý

  2. |Tato stránka má rozhodně všechny informace, které jsem o tomto tématu chtěl a nevěděl jsem, koho se zeptat.|Dobrý den! Tohle je můj 1. komentář tady, takže jsem chtěl jen dát rychlý

Leave a Reply

Your email address will not be published. Required fields are marked *