• Sat. Jul 27th, 2024

मेस्सीले बार्सिलोना छाड्ने निश्चित

  • Home
  • मेस्सीले बार्सिलोना छाड्ने निश्चित

साउन २१, अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।

मेस्सीले विहिबार सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लवले जनाएको छ ।

‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्न मनसाय रहे पनि यो हुन सकेन।

८ वर्षपछि उनी सो क्लवबाट बाहिरिएका छन् । क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

मेस्सी गत जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।