• Tue. Oct 22nd, 2024

कति मूल्यका हुन्छन् ‘ओलम्पिक मेडल’ ?

  • Home
  • कति मूल्यका हुन्छन् ‘ओलम्पिक मेडल’ ?

सीएनएन । खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ ।
 
बेलायतकी पूर्व खेलाडी केली सोथरटनले २००४ र २००८ को ओलम्पिकमा दुईवटा ब्रोन्ज जितेकी थिइन् । यसबारे सीएनएनसँग कुरा गर्दै उनले आफ्ना ती मेडल मिहिनेत र कठोर परिश्रमको सम्झाना भएको बताइन् । उनी भन्छिन्, “म कुनै पनि कारणले कहिल्यै ती मेडल बेच्न चाहन्न । यी मेरा लागि अत्यन्तै मूल्यवान् छन् ।” 

उनले आफ्ना मेडलहरु फ्रेममा नभएर सजिलै निकाल्न सकिने ठाउँमा राख्ने गरेको पनि बताइन् । उनी भन्छिन््, “कहिलेकाहिँ ती मेडल यसो झिकेर लगाउँदा मलाई एकदम खुसी अनि राम्रो महसुस हुन्छ ।”

ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन् । गोल्ड, सिल्भर र ब्रोन्ज सबैको ‘डाएमिटर’ ८५ मिलिमिटरको हुन्छ भने यसको मोटाइ ७.७ एमएम देखि १२.१ एमएमसम्मको हुन्छ ।
 
गोल्ड मेडल वास्तवमा सुनको जलप लगाइएको शुद्ध चाँदिले बनाइएको हुन्छ । यसको कूल तौल ५५६ ग्राममा ६ ग्राम सुन हुन्छ । 

त्यस्तै सिल्भर मेडल पनि शुद्ध चाँदिले बनेको हुन्छ र यसको तौल ५५० ग्रामको हुन्छ । ब्रोन्ज मेडल झन्डै ४५० ग्रामको हुन्छ र यसलाई ९५ प्रतिशत तामा र ५ प्रतिशत जिंक धातुले निर्माण गरिएको हुन्छ । 

आजको मूल्यमा गोल्ड मेडललाई पगाल्यो भने त्यसलाई करिब ८०० डलर पर्नेछ । त्यस्तै सिल्भर मेडल ४५० डलर र ब्रोन्ज ५ डलर बराबर रकमको हुनेछ । 

केही समय अगाडि १८९६ को एथेन्स ओलम्पिक्सका विजेताले आफ्नो मेडल १ लाख ८० हजार डलरमा लिलामीमा राखेका थिए । त्यस्तै लन्डन ओलम्पिक्सका विजेता लेउरिस पुपोले आफ्नो गोल्ड मेडल ७३ हजार २०० डलरमा बिक्री गरेका हुन् । त्यस्तै सिड्नी २००० मा लङ जम्पका विजेता इभान पेड्रोसोले पनि आफ्नो गोल्ड मेडल ७१ हजारमा बिक्री गरेका थिए । 

अहिलेसम्मकै सबैभन्दा धेरैमा बिक्री भएको गोल्ड मेडल चाहिँ जेसी ओवेन्सको रहेको छ । उनको १९३६ को बर्लिन ओलम्पिक्समा प्राप्त मेडल, २०१३ मा १४ लाख ६० हजार डलरमा बिक्री भएको थियो । 

तर, अधिकांश खेलाडीहरुले ओलम्पिक मेडल त्यसरी बिक्रीमा राख्दैनन् । यसलाई एमदम दुर्लभ मानिने बाल्डविन अक्सन हाउसका रिचर्ड ग्लेडल बताउँछन् । उनका अनुसार कसैले लिलामीमा आफ्नो मेडल राख्दैछ भने त्यसका पछाडि परोपकारी कारण हुने गर्दछ । 
 baahrakhari.com

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।