ताजा समाचार लोड हुँदैछ...

काठमाडौं मेडिकल कलेज र नेपाली कांग्रेस झापाबीच स्वास्थ्य उपचारमा छुट सम्झौता

२०२६ नोभेम्बर १९•० पटक पढिएको

काठमाडौं मेडिकल कलेज र नेपाली कांग्रेस, झापाबीच झापाली नागरिकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने गरी सम्झौता भएको छ। सम्झौता अनुसार, नेपाली कांग्रेस झापाले सिफारिस गरेका आम नागरिकले काठमाडौं मेडिकल कलेजका अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भ

Featured

भद्रपुर ०३, मङ्सिर / काठमाडौं मेडिकल कलेज र नेपाली कांग्रेस, झापाबीच झापाली नागरिकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने गरी सम्झौता भएको छ।
सम्झौता अनुसार, नेपाली कांग्रेस झापाले सिफारिस गरेका आम नागरिकले काठमाडौं मेडिकल कलेजका अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। यो सम्झौता हिजो २०८३ मंसिर २ गते भएको हो।
सम्झौता अनुसार, भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल अस्पतालमा २० प्रतिशत छुट पाइनेछ।
नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोष लगायतका सुविधा प्रयोग गरिसकेपछि पनि बाँकी रकममा यो छुट लागू हुनेछ। स्वास्थ्य बीमामा आबद्ध नभएका र बीमा गरेर पनि बीमा क्रियाशील हुनुभन्दा अगाडिको समयमा उपचार गराउने बिरामीले समेत यो सुविधा पाउने सम्झौतामा उल्लेख छ।
यसैगरी, ओपीडी कार्ड निःशुल्क हुनेछ भने जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, ओटी, ल्याब, सीटी/एमआरआई, एक्सरे, यूएसजी, ईसीजी, इन्डोस्कोपी, फिजियोथेरापी, दन्त उपचार लगायतका सेवामा २५ प्रतिशत छुट पाइनेछ।
तर, आईभीएफ, प्लास्टिक सर्जरी, ट्रान्सप्लान्ट, कस्मेटिक सर्जरी, न्यूरो इन्टरभेन्सन, क्याथल्याब सेवा, क्याबिनमा बसेर उपचार गर्दाको औषधि र इम्प्लान्ट, सर्जिकल सामानमा भने छुट लागू हुने छैन।
सुविधा लिनका लागि अस्पताल आउँदा दोस्रो पक्षबाट जारी सिफारिस पत्र वा ह्वाट्सएप ग्रुपमा सिफारिस लिङ्क लिएर आउनुपर्नेछ।
यो सम्झौता २०८३ मंसिर २ गतेदेखि लागू भई २०८४ साल असार मसान्तसम्म कायम रहनेछ। दुवै पक्षको सहमतिमा सम्झौताका बुँदाहरु परिमार्जन गर्न र निरन्तरता दिन सकिने पनि उल्लेख गरिएको छ।
मेडिकल कलेज र झापा काङ्ग्रेस बीच नीतिगत सम्झौता भइसकेपछि पालिका तहमा छुट्टाछुट्टै सम्झौता गरेर कार्यान्वयन सुरु भएको नेपाली कांग्रेस भद्रपुर नगर समितिका सभापति बन्धु कार्कीले जानकारी दिनुभयो।

Article image

साझा गर्नुहोस्: