ताजा समाचार लोड हुँदैछ...

कोशी प्रदेशबाट राष्ट्रिय खेलकुदका लागि बक्सिङको ९० केजी तौल समूहमा भद्रपुरका रियाज ढकाल प्रथम हुँदै कोशीबाट छनोट

२०२६ नोभेम्बर १८•० पटक पढिएको

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापा भद्रपुरका रियाज ढकाल छनोट भएका छन्। कोशी प्रदेशबाट बक्सिङको ९० केजी तौल समूहमा ढकाल प्रथम हुँदै छनोट भएका हुन्।

Featured

भद्रपुर ०२ ,मंसिर / कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापा भद्रपुरका रियाज ढकाल छनोट भएका छन्। कोशी प्रदेशबाट बक्सिङको ९० केजी तौल समूहमा ढकाल प्रथम हुँदै छनोट भएका हुन् ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा उनी छनोट भएको स्रोतले जनाएको छ।
कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद आयोजना हुँदैछ।
प्रदेशस्तरीय छनोट खेलहरू सम्पन्न भएलगत्तै बक्सिङका विभिन्न तौल समूहमा छानिएका महिला तथा पुरुष खेलाडीहरूको आधिकारिक सूची सार्वजनिक हुन भने बाँकी छ।

Article image

साझा गर्नुहोस्: