ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु

२०२६ नोभेम्बर १८•० पटक पढिएको

झापा भद्रपुरमा आजदेखि झापा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता भइरहेको छ। मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा झापाका सातवटा क्रिकेट एकाडेमीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

Featured

भद्रपुर २,मङ्सिर / झापा भद्रपुरमा आजदेखि झापा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता भइरहेको छ। मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा झापाका छवटा क्रिकेट एकाडेमीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
भद्रपुर क्रिकेट क्लबको आयोजना र मेची क्रिकेट एकाडेमी भद्रपुरको संयोजनमा Under 16 T - 20 cricket प्रतियोगिता भइरहेको हो। प्रतियोगितामा आयोजक मेची क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट एकाडेमी अर्जुनधारा, हि.मा.वि.क्रिकेट एकाडेमी दमक, आस्था क्रिकेट एकेडेमी दमक, मिलन क्रिकेट क्लब काकरभिटा र युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड प्रतिस्पर्धा गरिरहेका छन्।
लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा खेल भावनाको विकास गर्दै सानै उमेरदेखि अनुशासन, एकता र आपसी सद्भावका साथै सीप वृद्धि र विकास गर्न प्रतियोगिता आयोजना गरिएको भद्रपुर क्रिकेट क्लबका अध्यक्ष एबम् ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिनुभयो।
कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाले प्रतियोगिताको उद्घाटन गर्दै खेल भावनाबाट प्रेरित भएर खेल्न युवा खेलाडीहरूलाई उत्प्रेरित गर्नुभएको थियो। T -20 क्रिकेट खेलका संयोजक अमित शर्माको अध्यक्षतामा भएको उद्घाटन खेल आयोजक मेची क्रिकेट एकाडेमी र बोस्टन क्रिकेट एकेडेमी अर्जुनधारा बीच भएको थियो।

Article image

साझा गर्नुहोस्: