ताजा समाचार लोड हुँदैछ...

भद्रपुर गौशालाको साधारण सभा, गोपाष्टमी पर्व र गौ सेडको उद्घाटन

२०२६ नोभेम्बर १७•० पटक पढिएको

भद्रपुर गौशालामा गोपाष्टमी पर्व, गौ दर्शन, गौ पूजन एवं गौशालाको वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ। भद्रपुर गौशालाका अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नुभएको

Featured

भद्रपुर १,मंसिर / भद्रपुर गौशालामा गोपाष्टमी पर्व, गौ दर्शन, गौ पूजन एवं गौशालाको वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ।
भद्रपुर गौशालाका अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नुभएको थियो।
सोही अवसरमा भद्रपुर नगरपालिकाबाट प्राप्त १९ लाख बढीको रकमबाट निर्मित गौ सेडको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले गर्नुभएको थियो।
भद्रपुर गौशालाका सचिव अजय साहेवालाले सञ्चालन गरेको कार्यक्रममा गौशालाकी सहसचिव रिता सुवेदी दाहालले स्वागत गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष रतिया राजवंशी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विजय थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
भद्रपुर गौशालामा हाल तीनवटा नन्दीसहित बाच्छा–बाच्छी र गाई गरेर १३० वटा रहेका छन्। गौशालाबाट दैनिक एक सय लिटर दूध उत्पादन गरी बिक्री वितरण हुने गरेको छ।
साधारण सभामा सचिव अजय साहेवालाले एक आर्थिक वर्षको ९० लाख रुपैयाँभन्दा बढीको आयव्यय प्रस्तुत गर्नुभएको थियो।
यस्तै, अध्यक्ष हुलासचन्द्र सरियाले आगामी मंसिर २६ गते गौशालाको निर्वाचन गर्ने घोषणा गर्नुभएको छ।

Article image
Article image

साझा गर्नुहोस्: