ताजा समाचार लोड हुँदैछ...

भद्रपुरमा महिला क्रिकेटको कोशी प्रदेश छनोट प्रतियोगिता सुरु

२०२६ नोभेम्बर १३•० पटक पढिएको

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशको महिला क्रिकेट छनोट प्रतियोगिता मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरको आयोजनामा सुरु भएको छनोट प्रतियोगिता कात्तिक २७ गतेदेखि

Featured

भद्रपुर,२७ कात्तिक / १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशको महिला क्रिकेट छनोट प्रतियोगिता मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सुरु भएको छ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरको आयोजनामा सुरु भएको छनोट प्रतियोगिता कात्तिक २७ गतेदेखि २८ गतेसम्म दुई दिन चल्नेछ।
प्रतियोगितामा कोशी प्रदेशका चार जिल्ला — झापा, मोरङ, सुनसरी र उदयपुर — का खेलाडीहरू सहभागी छन्। छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट सहभागिता जनाउनेछन्।
झापा क्रिकेट सङ्घका अध्यक्ष प्रविन थापाका अनुसार छनोट प्रतियोगिताबाट १८ जना खेलाडी छनोट गरिनेछ। छनोट भएका खेलाडीहरूले नै राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
यसैबीच, क्याम्पसको क्रिकेट मैदानमा क्रिकेट गतिविधिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ। भद्रपुर क्रिकेट क्लबका अध्यक्ष तथा भद्रपुर नगरपालिका–८ का वडा अध्यक्ष गौरव सुब्बा मनोजले क्याम्पस मैदानमा क्रिकेटका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
उहाँका अनुसार यही मङ्सिर २ गतेबाट झापा जिल्लाका एकेडेमीहरूबीच अन्डर–१९ एकेडेमी स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा झापाका सातवटा एकेडेमीहरू सहभागी हुने छन्।
प्रतियोगिता सञ्चालन गर्न मेची क्रिकेट एकाडेमी भद्रपुरका सदस्य अमित शर्माको संयोजकत्वमा सात सदस्य समन्वय समिति गठन गरिएको छ।

साझा गर्नुहोस्: