
भद्रपुर २४, कार्तिक / इलाम जिल्लाको माइखोला अन्तर्गतको राजदुवाली क्षेत्र अहिले चर्चामा छ । त्यहाँ निकालिएको शिला (ढुङ्गा) लाई हेर्न र अद्भुत शिलाका बारेमा माता, ओझा, बिजुवा, धामी-झाँक्रीको बाक्लो उपस्थितिसँगै मूर्ति पूजामा रमाउने रमिते हिन्दूहरूका लागि सो क्षेत्र अहिले चर्चामा आएको हो।
स्थानीयहरूका अनुसार सो शिला धार्मिक रूपमा चमत्कारी मानिँदै आएको छ, जसको दर्शन गर्न दैनिक सयौँ श्रद्धालुहरूको भीड लाग्ने गरेको छ। अहिले भक्तजनहरूले सो शिलालाई फूल, धूप, दीप र रङ्गीन कपडाले आकर्षक रूपमा सजाएका छन्।भक्तजनहरूले दियो बाल्दै आ–आफ्नो मनोकामना पूरा होस् भनेर प्रार्थना गर्न थालेका छन्। मन्दिर क्षेत्र वरपर अहिले मेलाको वातावरण सिर्जना भएको छ।
स्थानीय युवाहरूले पनि मिलेर सफाइ अभियान र शिलाको वरिपरि प्रकाश व्यवस्था गरेका छन्। इलामवासीका अनुसार राजदुवालीको शिला श्रद्धा, आस्था र चमत्कारको प्रतीक बनेको छ।
शिलाको सजावट
धेरैले सामाजिक सञ्जालमार्फत शिलाको सजावटका तस्बिर र भिडियोहरू सेयर गर्दै धार्मिक एकताको सन्देश फैलाइरहेका छन्। हरेक दिन नयाँ माता र धामीझाँक्री राजदुवालीमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जाल तातेको छ ।
गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड अन्तर्गत माइखाेलाको किनार क्षत–विक्षत भयो । पहिरोले अवरुद्ध सडक मर्मत गरी आवतजावत खुला गरियो । त्यही सडक खण्डमा भेटिएको शिला (ढुङ्गा)का कारण राजदुवाली यतिबेला चर्चामा छ । सामाजिक सञ्जाल तरंगित छ।

इलाम नगरपालिका-४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भन्दै स्थानीयले आएर उत्खनन गरे । रूखले थिचिएको स्थानमा उत्खनन् गर्दा उनले भनेअनुसार नै पाँच वटा शिला भेटिए ।
उत्खनन् अघि उनले पूजा गरेकी थिइन् । उत्खनन् गरेको र पूजा गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । स्थानीयको दाबीअनुसार प्रमिलाको शरीरमा देवी उत्रिएकी छिन् । देवी उत्रिएको र उनले भनेको स्थानमा ढुंगा भेटिएपछि देउता रहेको भन्दै पूजाआजा भयो ।
पाँच वटा शिलालाई घरमा लगेर पूजा गर्ने कार्कीले बताएकी थिइन् । घर लैजाने तयारी चल्दै गर्दा एक जना वृद्ध आएर खोलाको ढुंगा भन्दै विरोध गरे । उनले शिलामा कुल्चिए । त्यसपछि माईखोलाको किनारमा भेट भएकाहरू बीच वादविवाद चल्यो । यो वावदविवादको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो । हरेक दिन नयाँ माता र धामीझाँक्री सो स्थानमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार शिला उत्खनन गरिएको स्थानमा अहिले झापा र इलामसँगै भारतको सिक्किमबाट पनि माताहरू आएका छन् ।
राप्रपा जिल्ला कार्यसमिति इलामले धार्मिक सहिष्णुतामा विखण्डन ल्याउने कार्य गरेको भन्दै यमनाथ भण्डारीलाई पार्टीबाट निलम्बन नै गरेको छ ।
राप्रपा इलामले सूचना जारी गर्दै जात-धर्मबीचको एकतामा खलल पुर्याउने कार्य गरेकोले भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी नि’लम्बन गरिएको जनाएको छ ।

vialand tickets Alexander B. ★★★★☆ Sunset at Red Valley viewpoint was crowded. Guides should know secret photo spots. Otherwise flawless honeymoon package! https://www.youtube.com/@travelshopbooking
husainhaqqani.com xâm hại trẻ em