• Wed. Nov 12th, 2025

भद्रपुरबाट साइकल यात्रा शुरू

BySaptahik Samachar

२४ कार्तिक २०८२, आईतवार १६:५२ २४ कार्तिक २०८२, आईतवार १६:५२ २४ कार्तिक २०८२, आईतवार १६:५२

गोपाल गिरीबाट —————-
भद्रपुर २३,कार्तिक /भद्रपुर साइकल सोसाइटीले आजबाट मेची–महाकाली साइकल यात्रा शुरु गरेको छ।विश्व स्वतन्त्रता दिवस २०२५ को अवसरमा 
भद्रपुर साइकल समाजले “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा शुरु गरेको हाे। आइतबार बिहान ६ बजे भद्रपुर मेची खोला पुलबाट साइकल यात्रीलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीसहित भद्रपुरबासीले सफल यात्राको कामना गर्दै विदाई गरेका थिए।

भद्रपुर नगरभित्रका पर्यटन स्थलहरुको प्रवर्धन र प्रचार – प्रसार ; साइकल संस्कृतिको विकास, स्वस्थ्य जीवनशैली र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा साइकल सम्बन्धी कानुनी र नीतिगत ब्यबस्था निर्माणतर्फ सरकारको ध्यानआकृष्ट गराउने उ्देश्यले शुरू गरिएको यात्रामा पाँच जना साइकल यात्रीहरू जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतो सहभागी हुनुहुन्छ । भद्रपुर साइकल सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोली
मुख्यतया महेन्द्र राजमार्ग र केही खण्डमा मदन भण्डारी मार्ग हुँदै पश्चिमी सिमाना महाकाली नदी, गड्डाचौकीसम्म पुग्ने छ । सहभागीहरूले दैनिक करिब १५० किलोमिटर दूरी तय गर्नेछन्। यात्राको क्रममा विभिन्न शहरका साइकल क्लबहरूसँग मैत्रीपूर्ण भेटघाट र संवादका कार्यक्रम पनि रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार , साइकल यात्रीहरू कपिलवस्तुको जितपुरमा बाणगंगा राइडर्स क्लबद्वारा कार्तिक २९ गते आयोजना हुने ७५ किलोमिटरको साइकल यात्रामा पनि सहभागी हुनेछन्।

5 thoughts on “भद्रपुरबाट साइकल यात्रा शुरू”
  1. I do agree with all the ideas you have introduced on your post They are very convincing and will definitely work Still the posts are very short for newbies May just you please prolong them a little from subsequent time Thank you for the post

  2. Simply wish to say your article is as amazing The clearness in your post is just nice and i could assume youre an expert on this subject Well with your permission let me to grab your feed to keep updated with forthcoming post Thanks a million and please carry on the gratifying work

Leave a Reply

Your email address will not be published. Required fields are marked *