• Sat. Oct 19th, 2024

यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

BySaptahik Samachar

३ कार्तिक २०८१, शनिबार १८:०४ ३ कार्तिक २०८१, शनिबार १८:०४ ३ कार्तिक २०८१, शनिबार १८:०४

भद्रपुर ३,कात्तिक / भद्रपुर छेउ मेची खो‌लामा लाग्दै आएको छैठ पर्वको मेलालाई यस बर्ष विगतभन्दा भव्य र सभ्य ढंगले सम्पन्न गर्ने तयारी भएको छ।

छैठ मनाउने बिषयमा भद्रपुरमा भएको अन्तरक्रियामा भद्रपुर नगरप्रमुख गणेश पाेखरेलले नगरको बजेट घाटामै रहेको भए पनि सवै जात जाति र समुदायको साझा पर्वको रूपमा विकास र विस्तार हुँदै गएको छैठ मेलाको व्यवस्थापनका लागि विगतको अनुभवबाट यसबर्ष बजेट बृद्धि गरेको बताउनु भयो। उहाँले भन्नुभयो-‘ पूजा स्थल निर्माणको लागि जेसिभी र अन्य स्रोत साधन उपलब्ध गराउन नगर पालिकाले कुनै कमी गर्दैन।’
मैथिल समाज झापाको आयोजनामा ५ नम्बर वडा कार्यालयको सभाहलमा शुक्रवार भएको अन्तरक्रियामा छैठ मेलाको व्यवस्थापनमा संलग्न युनिक समूह, बलभद्र युवा क्लब लगायत राजनीतिकर्मी, समाजसेवी,
बुद्धिजीवी र धर्मानुरागीहरूको उपस्थिति थियो।
   समाजका झापा अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा भएको अन्तरक्रियामा सञ्चारकर्मी दीपक अधिकारी, नेकपा.एमालेका शिवकुमार राजभण्डारी,नेकपा.
माओवादीका पुकार राजवंशी र डिल्लीराम घिमिरे’हिक्मत’, वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’,पूर्व नगरप्रमुख भारतेन्दुकुमार मल्लिक र नगरप्रमुख पाेखरेलले आयोजकहरूबीच समन्वय र सहकार्य गरेर पूजा र मेलालाई भव्यता प्रदान गर्न सुझाव दिएका थिए।
यदुनन्दन साह रौनियार,स्वर्णिका सिंह,बलदेव साह,नारद राजवंशी समेतले धारणा राखेको अन्तरक्रियाको सहजीकरण मैथिल समाजका सचिव सुशिल कर्णले गर्नु भएको थियो।

Related Post

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
राजवंशी जाति सम्बन्धी दुई कृतिको भद्रपुरमा विमोचन,लेखक र सम्पादकलाई सम्मान
नेपालको शानदार सुरूआत:नेपालसँग अमेरिका १७ रनले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed