• Wed. Oct 16th, 2024

मोटरसाइकल दुर्घटनामा भद्रपुरका एक युवाको मृत्यु,अन्य दुई घाइते

BySaptahik Samachar

२५ आश्विन २०८१, शुक्रबार ०६:०२ २५ आश्विन २०८१, शुक्रबार ०६:०२ २५ आश्विन २०८१, शुक्रबार ०६:०२

भद्रपुर २५ ,असोज / मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
दुर्घटनाबाट झापा ,भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय सुपुत्र आलोक भण्डारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
भण्डारी सवार मोटरसाइकलसँग राति लगभग ९ बजेको समयमा अर्को मोटरसाइकल ठोक्किएको थियो।दुवै मोटरसाइकलमा सवार युवा घाइते भएका थिए। घाइते मध्येका मृतक भण्डारीले हेल्मेटको फिता नबाँधेका कारण टाउकोमा गम्भीर चोट लागी अधिक रक्त स्राव भएको देखिन्छ-मृतकलाई देखेका सामाजिक व्यक्तित्व लोकनाथ भट्टराईले भन्नुभयो-चाडबाडका वेला युवाहरूले सचेतना नअपनाउदा त्यस्ता घटना हुने गरेकोमा दुःख लाग्छ। घटनामा अर्को मोटरसाइकलमा सवार घाइते सन्जीव गिरीको बी एन्ड सी. विर्तामोडमा र बिबान्सु राउतको स्थानीय पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

2 thoughts on “मोटरसाइकल दुर्घटनामा भद्रपुरका एक युवाको मृत्यु,अन्य दुई घाइते”

Leave a Reply

Your email address will not be published. Required fields are marked *