भद्रपुर १३,फागुन / जिल्ला ब्याडमिन्टन संघ झापाको अध्यक्षमा युवा उद्योगी तथा सफल व्यवसायी दिपेश ढकाल निर्वाचित हुनुभएको छ।मेची रंगशालामा,भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु भएका ढकालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला ब्याडमिन्टन संघ सर्वसम्मत गठन भएको हो। झापा उद्योग संघका उपाध्यक्ष लगायत दर्जनौँ संघसंस्थामा आवद्ध ढकाल झापाका भेट्रान्स ब्याडमिन्टन खेलाडी हुनुहुन्छ।उहाँ यस अघि ब्याडमिन्टन संघको झापा जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो।
काँकरभिट्टाको मेची सामुदायिक भवनमा आइतबार भएको अधिवेशनले उपाध्यक्षद्वयमा दिपक घिमिरे र कुमार गिरी, सचिवमा तीर्थराज ढकाल र कोषाध्यक्षमा दिलु सुब्बालाई चयन गरेको छ भने सदस्यहरूमा श्रीप्रसाद धिमाल, रामअवतार घिमिरे, शैलेन्द्र कुरूम्वाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एल पि साँवा लिम्बू रहनु भएको छ।
झापा जिल्ला खेलकुद विकास समितिका सदस्य महेश सरकारको प्रमुख आतिथ्य र जिल्ला ब्याडमिन्टन संघ झापाका अध्यक्ष ललितवहादुर तामाङको अध्यक्षतामा अधिवेशन भएको थियो। अधिवेशनमा ब्याडमिन्टन संघ कोसी प्रदेशका सदस्यद्वय भवानी आङदेम्वे र प्रकाश राईसमेतको आतिथ्य रहेको थियो।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.