गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या २१.२६ प्रतिशतले बढेको छ । कोरोना माहामारीको त्रास कम भएसंगै नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३१ सयले बढेको हो ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुृसार पुस महिनाको तुलनामा माघ महिनामा नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्विकृती लिनेको संख्या ३ हजार १ सय ३४ ले बढेको छ । पुस महिनामा श्रम स्विकृती लिनेको संख्या जम्मा १४ हजार ७ सय ५३ जना रहेका छन् भने माघ महिनामा जम्मा १७ हजार ८ सय ८७ जनाले श्रम स्विकृती लिएका छन् ।
माघ महिनामा ६१ वटा देशका लागि १६ हजार ४ सय ३६ पुरुष र १ हजार ४ सय ५१ जना महिलाले श्रम स्विकृती लिएका छन् । जसमा मेनपावर कम्पनी बाट ७ हजार ७ सय ५२ जना , नँया दर्ता ६ सय ८१, वैधानिक ५ सय ३३ ,पुनः दर्ता ८ हजार ९ सय २१ जना रोजगारीका लागी बाहिरीएको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना माहामारीका कारण गएको चैतदेखि असारसम्म बैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको थियो । साउदेखि पुनः बैदेशिक रोजगारीमा जान शुरु गरे सँगै ३ हजार १ सय ५२ जना मात्र नेपाली रोजगारीका लागि गएका थिए ।
तथ्याङ्क अनुसार भदौमा १५ सय २५, असोजमा ८ हजार ९७ , कार्तिकमा १५ सय ८३, मंसिर ४ हजार ३ सय ७७ र पुसमा १४ हजार ७ सय ५३ जनाले श्रम स्विकृती लिएका छन् ।
साभार: आजको अर्थ