• Fri. Oct 18th, 2024

भद्रपुर गौशालाका गाईहरूको निशुल्क स्वास्थ्य परीक्षण

BySaptahik Samachar

११ असार २०७९, शनिबार २०:५० ११ असार २०७९, शनिबार २०:५० ११ असार २०७९, शनिबार २०:५०

भद्रपुर ११,असार / भद्रपुर गौशालाका गाईहरूको आज शनिबार स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल भेटेरिनरी एसोसिएसनको ५५ औं स्थापना दिवसको अवसरमा भद्रपुर गौशालाका १३२ वटा गाईहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
भेटेरिनरी संघ प्रदेश १ का अध्यक्ष तथा वरिष्ठ भेटेरिनरी डाक्टर सञ्जयकुमार यादवको नेतृत्वमा आएको चिकित्सक टोलीले गौशालामा रहेका हरेक गाईहरूको रक्त परीक्षणका लागि रगत संकलन गर्नुका साथै संक्रामक तथा महामारीजन्य रोगका विरूध्द निःशुल्क खोप समेत प्रदान गरेको गौशाला अध्यक्ष राजेन्द्र चापागाईंले जानकारी दिनुभयो।
कार्यक्रममा अर्का वरिष्ठ भेटेरिनरी डाक्टर गंगाराम यादव सहित झापा र मोरङका डाक्टरहरूको टोलीले गाईहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै धुलावारी कृषि क्याम्पसमा पशु सेवा सम्बन्धी अध्ययन गर्ने छात्र छात्रालाई र भद्रपुर गौशालाका कर्मचारीलाई भ्याक्सिन लगाउने सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो।
भद्रपुर गौशालाका अध्यक्ष चापागाईंको अध्यक्षतामा भएको सोही कार्यक्रममा उपस्थित पशु औषधि व्यवसायी संघ झापाको टोलीले र भेटेरिनरी एसोसिएसन प्रदेश १ ले गाईहरूका लागि चाहिने हजारौं मूल्य पर्ने अत्यावस्यक औषधि उपलब्ध गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *