• Tue. Sep 17th, 2024

विराट राजाको दरबारको गुरुयोजना बन्ने

Bysaptahiksamachar

३ फाल्गुन २०७७, सोमबार २०:३३ ३ फाल्गुन २०७७, सोमबार २०:३३ ३ फाल्गुन २०७७, सोमबार २०:३३

विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ ।

पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गर्नुभएको छ । लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानी शङ्कर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा शहरी योजनाकार पुरुषोत्तम डङ्गोल, शहरी योजनाकार उनम प्रधान, नेकपाका युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आआफ्ना सुझाव दिनुभएको थियो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको जानकारी दिनुभयो । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गर्नुभयो ।

आफ्नो कार्यकालमा यो अभियानको शुरुआत गर्ने भन्दै प्रमुख पराजुलीले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको सङ्ग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको छ भन्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, विराटराजाको दरबार निर्माण समितिका संयोजक सुरेन्द्र गोल्छा, जसपाका नगर अध्यक्ष मो नसरुल, वडाध्यक्षहरु विनोद बस्नेत, देवेन्द्र पोखरेल, राजदेव यादव, धार्मिक अभियानकर्मी अनन्त पराजुलीलगायतको सहभागिता रहेको थियो ।

प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डव वनवासपछि एक वर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आई बसेका थिए । उस बेलाको ३०÷४० कोठाको दरबार र मन्दिर जमीनमुनि रहेको विश्वास गरिन्छ ।

यसको सम्पूर्णरूपमा उत्खनन भने भएको छैन । प्रमुख पराजुलीकै पहलमा पुरातत्व विभागले सूचीमा दर्ज भने गरेको छ । यसको निर्माणका लागि पुरातत्व विभागले पूर्णरूपमा अनुमति दिनुपर्ने हुन्छ । त्यसका लागि अन्तिम प्रयास भइरहेको छ ।

विराट राजाको दरबारलाई संरक्षण, सम्वद्र्धन गर्न तथा यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजना बनाउने र विज्ञको सुझावका आधारमा काम थाल्ने गरी प्रयास भइरहेको बताइएको छ । विराटनगर रानी भन्सारदेखि केही पूर्व भेडियारीस्थित रहेको सो दरबार उचित संरक्षण, हेरचाह तथा लगानीको पर्खाइमा छ ।

साभार : purwanchaldaily.com

20 thoughts on “विराट राजाको दरबारको गुरुयोजना बन्ने”
  1. Джип туры по Крыму https://м-драйв.рф/tours/krysha-kryma/ уникальные маршруты и яркие эмоции. Погрузитесь в увлекательнее приключение вместе с нами. Горные, лесные, подземные экскурсии, джиппинг в Крыму с максимальным комфортом.

  2. Comment puis-je gagner des points промокоды на 1хбет для регистрации?
    Dans le bookmaker 1xbet en tant qu’encouragement des clients pour leur participation active au processus de jeu, ils fournissent des points promotionnels dans le cadre du programme de fidelite. Vous pouvez obtenir des points pour les Paris sportifs reguliers, Express, pour la reconstitution reguliere du compte et la participation aux actions du bookmaker.

  3. Discover the world of excitement at Pin Up Casino, the world’s leading online casino. The official website Slot pick up offers more than 4,000 slot machines. Play online for real money or for free using the working link today

  4. Ретрит http://ретриты.рф международное обозначение времяпрепровождения, посвящённого духовной практике. Ретриты бывают уединённые и коллективные; на коллективных чаще всего проводится обучение практике медитации.

Leave a Reply

Your email address will not be published. Required fields are marked *