इनरुवा-६ स्थायी घर भएका अनिल पौडेलले बाख्राले बाली खाएको निहुँमा २०७८ भदौ ४ गते वालिकाको हात पछाडि खम्बामा बाँधेर कुटपिट गरेको बिषयमा अभिभावकले वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी गरी मेलमिलाप गराएको र वालिका माथि भएको त्यस्तो जघन्य अपराधमा आपसी मेलमिलाप गराउँदा वालवालिकाको स्वतन्त्रपूर्वक वाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै वाल सञ्जाल भद्रपुरले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालयले वेवास्ता गरेकोप्रति १५ वटा संघ संस्थाका प्रतिनिधिले आज विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा,पीडित वालिकालाई यथाशीघ्र न्याय दिलाउन शालीन आग्रह गर्दै प्रदेश १कै पहिलो वाल मैत्री नगर पालिका भद्रपुरलाई पनि अमानवीय व्यवहार विरुद्ध विज्ञप्ति जारी गरेर मात्र दायित्व पूरा नहुने भन्दै गम्भीर भएर लाग्न ध्यानाकर्षण समेत गराएको छ।
विज्ञप्ति जारी गर्नेहरूमा भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे ‘निकास’, नेपाल बाल संगठन झापाका उपाध्यक्ष फणिन्द्र दाहाल, राजवंशी समाज विकास समितिका संयोजक र सचिव उत्तम राजवंशी र पुनम राजवंशी,वाल ज्योति समूह भद्रपुरकी उषा राजवंशी, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, मानव अधिकारका लागि महिला एकल महिलाकी झापा अध्यक्ष रेखा अधिकारी, नेपाल राष्ट्रिय वांगाली समाजका केन्द्रीय सदस्य अनुप राय, साना हातहरू नेपालका शाखा प्रबन्धक विक्रम वाग्ले, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका महासचिव दिपक अधिकारी, मैथिल समाजका झापा अध्यक्ष रमेशचन्द्र झा, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल, रेडक्रस भद्रपुरका सभापति गोपाल गिरी लगायत प्रतिनिधि हुनुहुन्छ।
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.