भद्रपुर २३,भदौ /विलिभर्स इष्टर्न चर्च र साना हातहरु नेपालको आयोजनामा आज भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुरको साताव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन आयोजित कार्यक्रममा २१ जनाले रगत दान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा भद्रपुर रेडक्रसले साताव्यापी कार्यक्रम आयाेजना गरेको छ। जसअनुसार यस अघिका दिनमा लगातार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विलिभर्स इष्टर्न चर्चको प्रांगणमा भएको रक्तदान कार्यक्रमको सभापतित्व चर्चका फादर तथा साना हातहरु नेपालका भद्रपुर अध्यक्ष जगत वाग्लेले गर्नु भएको थियो भने रक्तदानको महत्वबारे नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको संचालन साना हातहरु नेपालका कार्यक्रम संयोजक विक्रम वाग्लेले गर्नु भएको थियो।
साताव्यापी कार्यक्रम अन्तर्गत नै भोलि हरितालिका तीज परेकोले स्थानीय मन्दिरमा ब्रतालुहरूलाई सेनिटाइजर र मास्क वितरण गरिने कार्यक्रम संयोजक तथा उपशाखा सचिव दीप लिम्बूले जानकारी दिनुभयो।