• Wed. Apr 23rd, 2025

संक्रमण बढेपछि बुद्ध शान्तिमा एक हप्ता सील

BySaptahik Samachar

४ श्रावण २०७८, सोमबार १६:४९ ४ श्रावण २०७८, सोमबार १६:४९ ४ श्रावण २०७८, सोमबार १६:४९

भद्रपुर ४,साउन ।साप्ताहिक समाचारदाता / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ।मंगलवार राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘गाउँपालिकाले गराएको एन्टिजेन परीक्षणमा अत्याधिक कोरोना संक्रमित भेटिन थाले। सिल नगरि नहुने अवस्था आयो।’

2 thoughts on “संक्रमण बढेपछि बुद्ध शान्तिमा एक हप्ता सील”

Leave a Reply

Your email address will not be published. Required fields are marked *