७ जेष्ठ २०८२, मंगलवार २१:०३ ७ जेष्ठ २०८२, मंगलवार २१:०३ ७ जेष्ठ २०८२, मंगलवार २१:०३
ताराले जन्म दिन यसरी मनाइन्
भद्रपुर ६,जेठ / सुवेदी कल्याण प्रतिष्ठान भद्रपुर नगर समितिले ४ जना सिटी सफारी चालकलाई सम्मान गरेको छ। भद्रपुरमा आज आयोजित संक्षिप्त कार्यक्रममा प्रतिष्ठानले भद्रपुर नगर क्षेत्रमा सिटी सफारी चलाउने मन्जु गोतामे दर्जी, लक्ष्मी दर्जी,विमला तामाङ र राधा राजवंशीलाई नगद सहित सम्मान गरेको हो। सुवेदी कल्याण प्रतिष्ठानका सदस्य भद्रपुर-८ सुकीर्ति टोल निवासी तारा सुवेदीको जन्म दिनको अवसरमा उहाँकै सौजन्यमा सफारी चालकलाई नगद रू.१,१००|-सहित सम्मान-पत्र प्रदान गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष चन्द्र सुवेदीका अनुसार, दिनेश सुवेदीले संचालन गरेको कार्यक्रममा होम सुवेदी,विमला सुवेदी,उत्तम सुवेदी , छविलाल सुवेदीलगायतले सम्मानितहरूलाई रकम र सम्मान पत्र प्रदान गर्नुभएको थियो।
[…] rybelsus 14mg […]
[…] clomid buy […]