• Mon. Mar 9th, 2026

सत्ता गठबन्धनको सीट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला

BySaptahik Samachar

२३ श्रावण २०७९, सोमबार १९:१४ २३ श्रावण २०७९, सोमबार १९:१४ २३ श्रावण २०७९, सोमबार १९:१४

भद्रपुर २३ साउन / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गर्न बनेको कार्यदलको संयोजक बन्नुभएको छ ।
समितिको सोमबार बसेको पहिलो बैठकले सिटौलालाई संयोजक बनाएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहनुभएको छ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

40 thoughts on “सत्ता गठबन्धनको सीट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *