• Wed. Jan 15th, 2025

रेडक्रस भद्रपुरको सभापतिमा महत निर्वाचित

BySaptahik Samachar

२८ पुष २०८१, आईतवार ०८:४५ २८ पुष २०८१, आईतवार ०८:४५ २८ पुष २०८१, आईतवार ०८:४५

भद्र्पुर २८,पुस / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित हुनुभएको छ। महतले ८५ मतको अन्तरले सभापतिका अर्का उम्मेदवार योगेन्द्र पौडेललाई पराजित गर्नुभएको हो।  महतले २५३ मत पाउँदा पौडेलले १६८ मत पाउनु भएको थियो ।
त्यस्तै,उपसभापतिमा कौशिल्या अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
सचिवमा भने रमेश भन्डारी निर्वाचित हुनु भएको छ। भण्डारीले २३२ मत पाउनु भएको थियो भने प्रतिष्पर्धी
गणेश गिरीले १९० मत पाउनु भयो। कोषाध्यक्षमा माधबप्रसाद घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ।
उपसचिवमा प्रमिला कोइराला विजयी हुनुभयो।उहाँले अर्का उम्मेदवार तोर्णविक्रम कार्कीको १९३ मतका विरुद्ध २२४ मत प्राप्त गर्नु भयो । त्यस्तै, उपकोषाध्यक्ष र महिला सदस्य पनि निर्विरोध भएको छ।

उपकोषाध्यक्षमा देबेन्द्र पोखरेल र महिला सदस्यमा अनिता अधिकारी कार्की निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्र चुडालले जानकारी दिनुभयो।
त्यस्तै, ४ जना खुला सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको थियो । 
खुला सदस्यमा सर्वाधिक २६५ मत ल्याएर रमला बराल अधिकारी,२२९ मत ल्याएर
विकास कोइराला,२१२ मत मित्र अधिकारी र १९१ मतका साथ नेत्रप्रसाद पौडेल नुतन  विजयी हुनुभयो।
पराजित हुने सदस्यहरू अमर भण्डारीले १२८,
पंकज कार्कीले ११७,सुरज रेग्मीले १२१,
प्रकाश कार्कीले १८१ र हेम घिमिरेले १४१ मत प्राप्त गर्नुभएको थियो । ८ सय मतदाता रहेको भद्रपुर उपशाखाको पुस २७ गते भएको निर्वाचनमा ४४१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

5 thoughts on “रेडक्रस भद्रपुरको सभापतिमा महत निर्वाचित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *